डाेल्पान्यूज डेक्स
डाेल्पा,पुस ११ गते ।लामाे प्रयास पछि जिल्ला अस्पताल दुनैमा थाईराेइड काेलेष्ट्राेल लगायतकाे सेवा संचालनमा आएकाे छ ।अस्पताल विकास समितिका अध्यक्ष कमलबहादुर शाहीले एक कार्यक्रमका बीच अस्पतालमा उपलब्ध सेवामा थप सेवाकाे औँपचारिक रुपमा शुभारम्भ गर्नु भएकाे हाे ।
थाईराेइड काेलेष्ट्राेल ।किड्नीकाे रगत परिक्षणकाे लागि ठूलाे धनराशि खर्चेर जिल्ला बाहिरका अस्पतालमा जानू पर्ने बाध्यता थप सेवा संचालनमा ल्याइएसंगै हट्ने अपेक्षा गरिएकाे छ ।
जिल्ला अस्पतालमा पिसाबवाट हुने जाँच मधुमेह ( सुगर) समेतकाे जाँच समेत गरिने सेवा संचालनमा आएकाे जिल्ला अस्पताल दुनैले जनाएकाे छ ।
जिल्ला अस्पताल डाेल्पाका चिकित्सा शाखा प्रमुख डाक्टर अखण्ड उपाध्यायले थाईराेइड काेलेष्रटाेल किड्नीकाे रगत र पिसाब जांचकाे ब्यवस्था नियमित हुने भएकाले सानाे परिक्षणकै लागि जिल्ला बाहिर जानु नपर्ने बताउनु भयाे ।
जिल्लामा यत्तिकाे सेवासुविधा नहुदां महंगो खर्चेर शहरमा जानू पर्ने बाध्यता डाेल्पालीकाे थियाे ।