विष्णुप्रसाद देवकोटा
सुर्खेत ,माघ ९ गते ।ठुलीभेरी नगरपालिका डाेल्पाले नगरभित्र संचालन गरिने नगरबसकाे भाडादर सार्वजनिक गरेकाे छ ।
सार्वजनिक यातायातले आफुखुशि असुल्दै आएकाे भाडादरबाट आजित बनेका नगरबासिलाई राहतका साथै सहजता प्रदान गर्ने उद्देश्यले आगामी १५ दिन भित्र संचालनमा ल्याउन लागिएकाे नगरबसकाे भाडादर निर्धारण गरेकाे हाे ।
नगरकार्यपालिकाको (२०८१ माघ ८ गते, मंगलबार) बसेकाे नगर कार्यपालिकाकाे बैठकले सदरमुकाम दुनैदेखि नगरकेन्द्र जुफाल सम्मकाे पहिलाे भाडादर निर्धारण गरेकाे जनाएकाे छ ।
नगर कार्यपालिका बैठकले पहिलाे पटक निर्धारण गरेका भाडादर जुफालदेखि मोतिपुर रुपियाँ ५० जुफालदेखि कालागौडा रुपियाँ १०० जुफालदेखि सुलिगाड रुपियाँ १५० र जुफालदेखि दुनै रुपियाँ २०० रहेकाे छ ।
ठुली भेरी नगरपालिकाले नगरबासीलाई सुलभ र सुरक्षित यातायात सुविधा प्रदान गर्न यो योजना अघि सारेको नगर प्रमुख सुबर्ण कुमार बुढाले बताउनु भयाे ।
नगर बस सञ्चालनले स्थानीय जनतालाई दैनिक यात्रामा सहजता हुने विश्वास गरिएको छ ।डाेल्पाका अन्य पालिकाहरुले आफुखुशि जनप्रतिनिधिले ब्यक्तिगत सुविधा लिने गरि माेटरसाईकल खरिद गरिरहेकाे बेला ठूलिभेरी नगरपालिकाका नगरप्रमुख श्ववर्ण बुढाले आफुसहितका जनप्रतिनिधि चढ्ने गाडि किन्न अस्वीकार गरि नगरबासिकाे लागि नगरबस किन्ने निर्णय गर्नु भएकाे थियाे ।