महिलाहरुमा हुने प्रकृति प्रदत्त महिनावारीलाई मर्यादित रुपमा ब्यवस्थापन गर्ने उद्देश्यले सुस्वा परियाेजनाकाे आयाेजनामा दुई दिने मर्यादित महिनावारी क्यवस्थापन कार्याशाला गाेष्ठी शुरु भएकाे छ ।हाम्राे समाजमा महिनावारीकाे समयमा महिलामाथि गरिने विभेद हटाउन र सिङ्गो नगरपालिकालाई छाउपढी मुक्त नगरपालिका बनाउने उद्देश्यले आयाेजना गरिएकाे हाे ।
कार्याशाला गाेष्ठीमा त्रिपुरासुन्दरी गरपालिका भित्रका छ ओटा माद्यामिक विद्यालयमा कार्यरत शिक्षिका लाइनएजेन्सी कार्यालयमा कार्यरत महिला कर्मचारी विद्यालय बालिका वडाअध्यक्षा र सुरक्षा कर्मचारीकाे सहभागिता रहेकाे छ ।
सबैकाे लागि दिगाे खानेपानी सरसफाइ तथा स्वच्छता (सुस्वा परियाेजना)काे आयाेजनामा सुरक्षित र मर्यादित महिनावारी ब्यवस्थापनकाे लागि कार्यविधि निर्माण ऐन २०८० समेत निर्माण भइसकेकाले यसकाे प्रभावकारी कार्यान्वयनकाे अन्तिम चरणमा रहेकाे कारणबारे जानकारी गराइएकाे थियाे ।
दुई दिने कार्याशाला गाेष्ठीकाे नगरप्रमुख जनचन्द्र राेकायाले ब्यानर पढेर उद्घाटन गरेका थिए ।
उद्घाटन सत्रलाई सम्बाेधन गर्ने क्रममा नगरप्रमुख राेकायाले सुस्वा परियाेजनासंगकाे सहकार्य एक वर्षमा रनिङ गरिरहेकाे उल्लेख गर्दै नगरवाट सक्दाे सहकार्य र समन्वय गर्ने क्रममा कुनै कसुर बांकी नराख्ने प्रतिवद्दता ब्यक्त गरे ।
छाउपढी मुक्त र मर्यादित महिनावारी ब्यवस्थापनकाे लागि घरगाउँ टाेल हुदै समाज भएर महिनावारीकाे समयमा गरिने महिलामाथिकाे जघन्य विभेदकाे रुपमा रहेकाे कुसंस्कार अन्त्य गर्ने कार्यमा सबैकाे भुमिका चलायमान हुनु पर्ने जाेड दिए ।
सबैकाे लागि दिगाे खानेपानी सरसफाइ तथा स्वच्छता (सुस्वा परियाेजना) कि विज्ञ फिनल्यान्ड नागरिक पाउलिनाले डाेल्पाली महिला दिदिबहिनीसंगकाे मिठाेभेटघाट हुन पाउँदा खुशि लागेकाे बताइन ।
महिलामा हुने महिनावारी प्रकृति प्रदत्त अधिकार भएकाे उल्लेख गरिन ।पाउलिनाले भनिन् सुरक्षित र मर्यादित महिनावारी हाम्राे अधिकारका साथै मानव अधिकार हाे ।
सुरक्षित र मर्यादित महिनावारी ,कर्णालीमै पहिलाे पटक डाेल्पाकाे त्रिपुरासुन्दरी नगरपालिका मर्यादित महिनावारी ब्यवस्थापन गर्ने पालिका बन्नेमा आफू विश्वस्त रहेकाे विज्ञ पाउलिनाकाे भनाई थियाे ।
दुई दिन सम्म संचालन हुने मर्यादित महिनावारी ब्यवस्थापन कार्यशाला गाेष्ठीमा सुस्वा परियाेजनाका लैगिक समानता अपाङ्गता र समावेशीता विज्ञ राजु तिवारी र सुस्वाका परियाेजना सल्लाहकार प्रमाेदलाल श्रेष्ठले सहजिकरण गर्ने छन ।
कार्यक्रममा नगरउपप्रमुख देवि घर्ती निमित्त प्रमुख प्रशासकीय अधिकृत हिराचन्द्र धराला शिक्षा शाखा प्रमुख भिम थापाकाे उपस्थिति रहेकाे थियाे भने सबैकाे लागि दिगाे खानेपानी सरसफाइ तथा स्वच्छता (सुस्वा परियाेजना) का त्रिपुरासुन्दरी नगरपालिका संयाेजक धनप्रसाद बुढाले कार्यक्रम संचालन गरेका थिए ।