ताजा समाचार

डाेल्पाकाे दुनैमा राष्ट्रिय युवा संघ नेपालकाे ७औँ जिल्ला अधिवेशन सुरु

टेक शाही 

नेकपा (एमाले) निकट भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल डोल्पाको ७औँ जिल्ला अधिवेशन बुधवार डोल्पाकाे सदरमुकाम दुनैमा शुरु भएकाे छ ।

राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय उपमहासचिव राजन थापाले ब्यानर पढेर राष्ट्रिय युवा संघ नेपाल डोल्पाको ७औँ जिल्ला अधिवेशनको उद्धघाटन गर्नु भएकाे हाे ।

उद्धघाटन पश्चात बुधबार नै बन्द सत्र गरि नयाँ नेतृत्वको चयन हुने राष्ट्रिय युवा संघ नेपाल डोल्पाका संयोजक बिशाल रोकायाले जानकारी दिनु भयाे ।

राष्ट्रिय युवा संघ नेपाल डोल्पाको अधिवेशनमा केन्द्र देखी प्रदेश र जिल्लाका सम्पुर्ण नेताहरुको उपस्थिति रहेको छ ।

कर्णाली प्रदेश पूर्व माननिय तथा नेकपा एमाले डोल्पा जिल्ला ईन्चार्ज बदमीक्वारा बोहोरा देखि एमालेका बिभिन्न तहका नेताहरु र राष्ट्रिय युवा संघ नेपालका बिभिन्न तहका दर्जन भन्दा धेरै नेताहरुको उपस्थिति रहेको छ ।

कार्तिक ६ गते अनेरास्ववियुको छैटौ जिल्ला अधिवेशन सम्पन्न भई सकेको छ भने नेपाल खेलकुद महासंघ डोल्पाको पहिलो जिल्ला अधिवेशन भाद्र २४ गते नै सम्पन्न भई सकेको छ ।

यहि कार्तिक २५ देखी २७ गते सम्म डोल्पा जिल्लाको ७ औँ जिल्ला अधिवेशन हुने भएको हुदा सबै खाले तयारी भई रहेको नेकपा (एमाले) डोल्पा जिल्ला संयोजक लंक बहादुर रोकायाले जानकारी दिनु भयाे।

नेकपा (एमाले)को भातृ संगठन मात्रै नभएर देश र जनताको सुखदुखको सारथी समेत राष्ट्रिय युवा संघ नेपाल भएको हुदा जहिले जनताको साथमा रहने नेताहरुको भनाइ छ ।

जब देशलाई युवाको खाँचो पर्छ जनतालाई दुख पर्छ राष्ट्रिय युवा संघ नेपाल अग्र पंतिमा हुने र पार्टिका लागि सदैभ बलियो खम्बाको रुपमा उभिने राष्ट्रिय युवा संघ नेपालका नेताहरुको जिकिर छ ।

नेताहरु भन्छन पार्टीलाई मात्रै हैन देशका लागि जनताका लागि बनेको राष्ट्रिय युवा संघ नेपाल देशकै सबैभन्दा बलियो र जनताको भरोसा बोकेको संगठन हो ।

नेकपा (एमाले) जनताको पार्टी हो यो पार्टिमा कुनैपनि तहका मन जोडिन खुला छ कुनैपनि युवा आउने वाटो खुला छ तर पद भन्दा जिम्मेवारी र जनताको सारथि बन्न सक्ने क्षमता धैर्यता र दृढ आँट जरुरी रहेको ठोकुवा समेत नेताहरुले गरे ।

नेकपा (एमाले) निकट सबै भातृसंगठनहरु निकै सक्रिय रहेको र आगामी अधिबेशनका लागि सबैले ठुलो भुमिका खेल्नेमा बिश्वस्त रहेको नेकपा (एमाले) डोल्पाका संयोजक लंक बहादुर रोकायाले बताउनु भयाे।

कार्तिक २५ देखी २७ गते सम्म हुने ७ आै जिल्ला अधिवेशनमा नेकपा (एमाले) अध्यक्ष एवम प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रमुख अतिथि बनाउने तयारी पार्टीले गरि रहेको संयोजक रोकायाले जानकारी दिनु भयाे ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!