ताजा समाचार

मुड्केचुला गाउँपालिकाकाे १४  औ गाउँसभा तथा अधिबेशन सम्पन्न 

डाेल्पा,पुस १६ गते ।

शिक्षा स्वास्थ्य कृषि रोजगार पुर्बाधार र  संचार मुड्केचुलाको दिगो बिकासको मुल आधार भन्ने  नाराकासाथ मुड्केचुला गाउँपालिकाको  १४ औ गाउँ सभा तथा अधिबेशन  सम्पन्न भएको छ ।

१४ औ गाउँ सभामा पालिका अध्यक्ष दत्त शाहिले चालू आर्थिक बर्समा मात्र ऐन तथा कार्यबिधी सहित २२ वटा कानुन जारी गरिएको बताए ।

हाल सम्म  ६८ वटा ऐन तथा कार्यविधि  गाउँपालिकाले जारी गरि कार्यन्वयनमा ल्याईसकेकाे अध्यक्ष शाहिले जानकारी गराएका थिए ।

पालिकाका प्रमुख प्रशासकीय अधिकृत रेशम महताराले पालिकाका कर्मचारी भनेकाे स्थानीय तहमा निर्मित कानुनका साथै नेपाल सरकारले बनाएका प्रचलित कानुन र निर्देशिका अनुरप चल्ने भएकाले सबैले कर्मचारी भनेका साझा कारिन्दा हुन भन्ने ठानेर सहयाेग गर्न आग्रह गरे ।

स्थानीय  तह भनेको जन्ताहरुको नजिकको सरकार भएको हुदा कार्यलय समय बाहेक समेत फिल्डमै उपस्थित भइ सेवा गर्न कन्जुस्याइ नगर्न कर्मचारीलाई  निर्देशन दिए ।

पालिकामा अनुशासित भई नियमित रुपमा उपस्थित भएर आफ्नाे सेवालाई प्रभावकारी रुपमा प्रवाह गर्ने छ ओटा कर्मचारीलाई समेत गाउँसभाकाे अवसरमा सम्मान गरिएकाे थियाे ।

सम्मानित हुने कर्मचारीहरुमा सर्बोउत्कृष्ट  कर्मचारी मध्यबाट धनराज रोकाया साखा प्रमुखबाट शिक्षा प्रमुख गोपाल बुढा ,स्वाथ्य चौकी तर्फ युबराज बोहोरा , वडा सचिब जनक खड्का ,प्राबिधिक  तर्फ सन्जिब कुमार बिश्वकर्मा,आधारभूत स्वास्थ्य सेवा केन्द्र तर्फ सिर्जना शाही र कार्यलय सहायोगी तर्फ सुर्य बोहोरा रहेका छन ।सम्मानित कर्मचारी सबैलाई गाउँपालिका अध्यक्ष शाहीले प्रमाणपत्र र नगद पुरस्कारका साथ सम्मान गरेका थिए ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!