नेकपा माओवादी केन्द्र र नेकपा एमालेमा प्रवेश गरेको एक महिना नवित्दै त्रिपुरासुन्दरी नगरपालिका–१ मा काँग्रेसमै फर्कने क्रम शुरु भएको छ ।
सोमवार एक विशेष कार्यक्रमका बीच त्रिपुरासुन्दरी नगरपालिका–१त्रिपुराकोट बगरस्थित नेपाली काँग्रसको प्रदेश निर्वाचन क्षेत्र न २ को कार्यालयमा आयोजित कार्यक्रममा नेकपा माओवादी र नेकपा एमालेमा प्रवेश गरेका भनिएकाहरु पुन नेपाली काँग्रसमा फर्किए हुन ।
नेपाली काँगेसमा फर्किनेहरुमा त्रिपुरासुन्दरी नगरपालिका–१ का रामप्रसाद देवकोटा रुद्रवीर उखेडा र जयवीर उखेडा हनुहुन्छ ।
रामप्रसाद देवकोटा ०८१ फागुन १८ गते नेपाली काँग्रेस परित्याग गरि नेकपा एमालेमा प्रवेश गर्नु भएको थियो ।त्यसैगरि उखेडादय ०७९ को स्थानीय तह निर्वाचनमा नेकपा माओवादीमा प्रवेश गर्नु भएको थियो ।
पुन नेपाली काँग्रेसमै फर्किनु भएकाहरुलाई नेपाली काँग्रेस कर्णाली प्रदेश सभापति ललितजङ्ग शाहीले अविर टिका र राइका लगाएर प्रवेशीहरुलाई पार्टीमा स्वागत गर्नु भएको थियो ।
प्रवेश कार्यक्रममा त्रिपुरासुन्दरी नगरपालिकाका नेपाली काँग्रेसका तर्फबाट मेयरका प्रत्यासी काँग्रेस नेता चन्द्रलाल धराला जिल्ला समन्वय प्रमुख श्यामबहादुर राेकाया अर्ण न्पाैपाने बरिष्ठ नेता गौरीशंकर उपाध्याय भूमि आयोग डोल्पाका विज्ञ सदस्य ईन्द्र बुढा लगायतका काँग्रेस कार्यकर्ताहरुको बाग्लो उपस्थिती रहेको थियो ।
कर्णाली प्रदेशबाट डोल्पामा आउनुभएका प्रदेश सभापति शाहीलाई जिल्लास्थित नेता तथा कार्यकर्ताहरुले भब्य स्वागत गरेका छन ।

डोल्पा न्यूज । २५ चैत्र २०८१, सोमबार २०:४१