मध्य पश्चिमाञ्चल विकास क्षेत्रमा पर्ने कर्णाली प्रदेशको उत्तर पश्चिम भागमा अवस्थित छ डाेल्पा । भौगोलिक रुपमा नेपालको सबैभन्दा ठुलो जिल्ला हाे डाेल्पा ।
बगिरहेको कर्णाली नदिसंगै सुन्दरताको के बयान गर्नु ,चारैतिर हिमालले घेरेको पारिलो बिहानीमा सेताम्मे डांडाकाडाले चम्केका हुन्छ्न , त्यो सुन्दर दृश्यले जो कसैको मनमा आनन्द ल्याउछ नै । सलसल बग्ने खोला नाला झरनाले मनै लोभ लाग्दो फोक्सुण्डो ताल रहेको डोल्पा जिल्ला त्यो रिग्माेगाउँ ।गाउलेको लागि जस्ताेसुकै विकटता भएपनि आफ्नो सुन्दर गाउँ ठाँउ त सुगम नै लाग्छ अनि गाउँकाे अनि आफू जन्मेकाे हुर्केको गाउँ ठाउँले ह्वात्तै तान्छ तर पनि सडक यातायात विधुत इन्टरनेट लगायतका आधुनिक प्रविधिकाे पहुच नपुगेकाे हिसावले बजार ,बिधालय र अस्पताल दुर्गम नै मानिन्छन ।
नुन तेल किन्न र बिरामी हुदा कठिन यात्रा गनु डोल्पालिको नमिठो यात्रा हो । सामान्य बिरामी हुदा पनि कतिपयले अकालमै ज्यान गुमाउनु पर्ने जस्ता कथाले डोल्पा र डोल्पालिलाई गांजेकाे अनि राज्यलाई गिज्याइ रहेकाे छ ।
डोल्पाको रितिरीवाज ,संस्कार प्रकृति साथै निर्द्रोष मान्छेहरुको पिरतिको बारेमा कापिका पानामा उतार्न सकिदैन ।बहुमुल्य जडिबुटी प्राकृतिक सम्पदा र पर्यापर्यटनले धनि जिल्ला पनि हो डोल्पा ।तर पनि डोल्पालिको पिडा त्यो दुर्गममा बस्ने डोल्पालिलाई मात्र थाहा छ।विकासकाे रुपमा नाम मात्र मोटरबाटो रहेको छ केही बर्ष पहिला मात्र ट्रयाक खुला गरिएकाे त्यो मोटरबाटो आगै झसङ्ग हुने गरि कच्चा सडकमा यात्रा गर्नु पर्ने बाध्यता डाेल्पालीकाे छ ।कछुवा गतिमा मन्दरुपमा भइरहेकाे भनिएकाे विकासले भेरिकरिडाेरकाे नाम पाएकाे जाजरकोट डाेल्पा सडकमा कहिले सुधार आउने हो कुन्नि ,
यो कथा मात्र होइन ,जीवन हो। यसको थुप्रै कथाहरु ,डोल्पाको थोपा बनेर लुकेको छ्न ।महिला सुत्केरी हुदा लगाउने सुइ त पुग्यो तर जतिलतामा आमा र बच्चा कसरी बांच्छ्न । त्यो त भोग्ने लाई मात्र थाहा छ । मान्छेका कति पिडा छ्न ,कति दुख छन ,भोक तिर्खा भन्नु छैन ,बिरामी हुदा राम्रो अस्पताल छैन ,आफैले उब्जाएको फलायकाेले तीन महिना पनि भरपुर खान पुग्दैन।तेस्तै तेस्तै ठाँउ देखि हुर्केको देखेको भएर होला मन नै कटकै खान्छ।
डोल्पालीहरुको जीवनमा दुःखको कथा लामो र गहिरो छ। हिमाली भेगमा पर्ने डोल्पामा आधारभूत सेवा–सुविधाको अभाव छ। शिक्षा, स्वास्थ्य, यातायात, र सञ्चार जस्ता आधारभूत सुविधा पनि कठिन पहुँचमा छन्। दुर्गम भूभागका कारण यहाँ हिउँदमा सम्पर्क विच्छेद हुने, अत्यधिक चिसो र प्राकृतिले कठोर जीवनयापनमा थप चुनौती थपिदिने गरेकाे छ।
डोल्पालीहरु ज्यादा तर कृषि, पशुपालन र जडीबुटीको व्यापारमा निर्भर छन्। तर, यहाँको कठोर भूगोल र मौसमले खेती सम्भव छैन, अनि जडीबुटीको व्यापार पनि स्थिर छैन। न्यून आय भएकाले दैनिकी चलाउनै कठिन छ। यहाँका धेरैजसो युवाहरु रोजगारीको खोजीमा अन्य शहर र मुलुक जाने बाध्यता खेपिरहेका छन्।
स्वास्थ्य सेवाको कमी र कुपोषणले गर्दा बालबालिकाको मृत्युदर उच्च छ। जटिल स्वास्थ्य समस्याका लागि बाहिर जानुपर्ने बाध्यता छ, तर त्यसका लागि आर्थिक स्थिति बलियो छैन।
शिक्षामा पनि उस्तै समस्या छ—विद्यालयका भवनहरू जीर्ण छन्, शिक्षकहरूको कमी छ, र राम्रो शिक्षाका लागि सुविधाहरू नहुनाले धेरै बालबालिका शिक्षाबाट वञ्चित छन्।चेतना कमिका कारण बालविवाह र घरेली हिंसाले हाम्राे समाजमा प्रसय पाइरहेकाे छ ।जसकाे कारण कलिला स्कुले किशोरी बलिलाे उमेरमा आमा बन्नाले अकालमा ज्यान गुमाउनु परेकाे छ ।कहियाैकाे जीवन र बसेकाे घरवार विछाेड भइ बालबालिकाकाे भविष्य अन्धकार बन्ने गरेकाे पाइन्छ ।तसर्थ बालविवाह र घरेलुहिंसा राेकथामकाे लागि प्रभावकारी चेतनामुलक अभियानकाे जरुरी छ ।
प्रकृति र सांस्कृतिक रुपमा भरिपुर्ण जिल्ला हो डोल्पा ।यहाँ विभिन्न पर्यटकीय स्थलहरु रहेका छ्न तर त्यहाँ सम्म पुग्नलाई सडकको सुबिधा पुगेको छैन । सडक पुगेता पनि राम्रोसंग व्यवस्था स्थानीय सरकारले गर्न सकेको छैन । दिनहु दिन पर्यटकहरुको भिड बढिरहेको छ ।
डोल्पा जिल्लामा अवस्थित सुन्दर ताल हो फाेक्सुण्डाे यो ताल नेपालकै सबैभन्दा ठूलो र गहिरो ताल मानिन्छ। समुद्री सतहबाट करिब ३,६११ मिटर उचाइमा रहेको यो ताल शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जभित्र पर्छ। तालको पानी नीलो र सफा देखिन्छ, जुन ताललाई आकर्षक बनाउँछ।
फोक्सुण्डो तालको चारैतिर हिमालले घेरिएको छ र यस क्षेत्रका आसपासमा शेर्पा र तिब्बती संस्कृति पाइन्छ। तालको वरपरका वन र हिउँले ढांकिएको हिमाली क्षेत्र पनि पर्यटकको आकर्षणको केन्द्र बनेको छ। शे फोक्सुण्डो धार्मिक, प्राकृतिक र सांस्कृतिक रूपमा महत्त्वपूर्ण मानिन्छ, र यहाँ हरेक वर्ष धेरै पर्यटकहरू ट्रेकिङ र हिमाली साहसिक यात्रा गर्न आउँछन्।
त्यसैगरी जिल्लाको प्रसिद्ध धार्मिक तथा सांस्कृतिक स्थल हो त्रिपुरासुन्दरी नगरपालिकामा रहेकाे श्री बालात्रिपुरासुन्दरी भगवती याेगमायाकाे मन्दिर। यो मन्दिरलाई विशेष गरी हिन्दू धर्ममा मातृका देवीको रूपमा मानिन्छ। बाला त्रिपुरासुन्दरीलाई शक्तिको अधिष्ठात्री देवी मानिन्छ, जसलाई महादेव शिवकी पत्नी पार्वतीको रूपमा पूजिन्छ।
यो मन्दिर समुद्री सतहदेखि करिब ३,३०० मिटरको उचाइमा, त्रिपुरासुन्दरी नगरपालिकामा अवस्थित छ। यस मन्दिर निर्माणकाे इतिहास प्राचीन भए तापनि यसको वास्तविक निर्माण कहिले भएको भन्ने ठ्याक्कै जानकारी छैन। तथापि, यो मन्दिर नेपाली संस्कृति र धार्मिक परम्पराको मिलन भएको स्थल हो। मन्दिर क्षेत्रबाट हिमालहरूको सुन्दर दृश्यावलोकन गर्न सकिन्छ, जसले पर्यटक र तीर्थयात्रीहरूलाई आकर्षित गर्छ।
बाला त्रिपुरासुन्दरी मन्दिरमा विशेषगरी दशैं, तीज, चैते दशैं, र अन्य हिन्दू पर्वहरूको समयमा ठूलो मेला लाग्ने गर्छ। यहाँ नेपालका विभिन्न भागहरूबाट भक्तजनहरू पूजाअर्चना र दर्शनका लागि आउने गर्दछन्।
समग्रमा डाेल्पा धार्मिक सांस्कृतिक जडिबुटी र पर्यापर्यटनले धनी भएपनि भाैगाेलिक विकटता र आधारभूत विकास निर्माणका परिसुचककाे दृष्टिले पछाडि छ ।हाम्राे समाजमा रहेकाे पछाैटेपन अन्धविश्वास रुढीबादी चिन्तन कमजाेर चेतनास्तर अशिक्षा आर्थिक विपन्नताले जातिय विभेद लगायतका समस्याहरूको एक गहिरो जालोले हामी डाेल्पालीलाई थिलथिलाे बनाएकाे छ ।यिनीहरुलाई समाधान गर्न स्थायीत्वपूर्ण विकास, पहुँचयुक्त पूर्वाधार, फराकिलो संस्कार र सरकारी–गैरसरकारी संस्थाहरुकाे विभेदरहित सहयोग र सकारात्मक साेचकाे आवश्यकत छ ।
लेखक बिपना बोहोरा हुनुहुन्छ ( बिद्यार्थी )