मानव धर्ममा लागिरहेका श्री महन्त प्रेम पुरी (नेपाली बाबा) ले जिल्ला अस्पताल डोल्पाको लागि ३० थान ब्ल्याङ्केट हस्तान्तरण गरेका छन । चिसो मौसम सुरु भएसँगै अस्पतालमा रहने बिरामीकाे न्यानो लागि नेपाली बाबाले ब्ल्याङ्केट प्रदान गरेको समाजसेवी लक्ष्मीकान्त उपाध्यायले जानकारी दिए । बाबाले ब्ल्याङ्केटका साथै १ सय ५० मिटर हरियो तन्ना बनाउने कपडा र १ सय ५० मिटर रवरम्याट आगामी दिनमा सहयोग गर्ने प्रतिबद्धता बाबाले गरी ब्ल्याङ्केट जिल्ला अस्पताल डोल्पाका अध्यक्ष कमल बहादुर शाहीलाई हस्तान्तरण गरेको प्रमुख जिल्ला अधिकारी भुमिश्वर पोखरेलले बताए ।लामो समयदेखी वालात्रिपुरा सुन्दरी माताकाे मन्दीरमा पुजादान र ध्यान गरि रहेका श्री महन्त प्रेम पुरी (नेपाली बाबा)ले मन्दीरका साथै पहिलोपटक जिल्ला स्पताल डोल्पामा समेत बिरामीले ओढ्ने ब्ल्याङ्केट बितरण गरेका हुन ।
बढ्दो चिसोकाे बेलामा नेपाली बाबाले प्रदान गरेका ब्ल्याङ्केटले अस्पतालमा बस्ने बिरामीकोले लागी निकै ठुलो राहात पुगेकाे अस्पताल ब्यावस्थापन समितिका अध्यक्ष कमल बहादुर शाहीले बताए । हरेक सेवामा बिस्तार गरिदै रहेको जिल्ला अस्पतालमा यसरी एकै पटक यति धेरै कपडा निशुल्क प्राप्त गर्नु अस्पतालको लागि खुसिको कुरा भएको चिकित्सा साखा प्रमुख डाक्टर अखण्ड उपाध्यायले बताए ।