भर्खरै सरुवा भएर डाेल्पा आएका प्रहरी नायव उपरीक्षक हरिकृष्ण केसीले जिल्लाकाे शान्ति सुरक्षा अमैन चयन राख्न खेलिने भुमिकामा कुनै कसुर बाैकी नराखिने बताएका छन ।
डाेल्पा सरुवा भई आएलगत्तै जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक हरिकृष्ण केसीले जिल्लाका क्रियाशील पत्रकारहरुसंगकाे भेटघाट कार्यक्रममा उक्त कुरा बताएका हुन ।
काठमाडौं देखि सरुवा भएर डाेल्पा पुगेका प्रहरी प्रमुख डिएसपी केसीले समग्र जिल्लाकाे अवस्थाबारे जानकारी मंगलवार जिल्ला प्रहरी कार्यालयमा क्रियाशिल पत्रकारहरुसंग भेटघाट गरेका थिए ।
पत्रकारहरुसंकाे भेटघाट कार्यक्रममा जिल्लाकाे शान्ति सुरक्षा अमैनचयन कायम राख्ने कुरामा संचारकर्मीकाे महत्त्वपूर्ण भुमिका हुने भएकाले शान्ति सुरक्षासंग सम्बन्धित सुचना सम्प्रेषण गर्दा प्रहरीसँग समन्वय गर्न आग्ह गरे ।
भेटघाटमा सहभागी पत्रकारहरुले जिल्लाकाे भाैगाेलिक अवस्था अहिले सम्म जिल्लामा प्रहरीले खेलिरहेकाे भुमिका स्थानीय भाषा र अवस्थाले पुर्याएकाे अड्चन लगायतका विषयमा सुझाव दिएका थिए ।भेटघाट कार्यक्रममा पत्रकार महासंघ डाेल्पाका अध्यक्ष सराेज थापा र सचिव लेख बुढा लगायतका पत्रकारहरुकाे उपस्थिति रहेकाे थियाे ।
यसै गरि डिएसपी केसीले जिल्लास्थित विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि नागरिक समाज लगायतका ब्यक्तिहरुसंग भेटघाट तथा परिचयात्मक कार्यक्रम गरेर राय सुझाव संकलन गरेका छन ।