डाेल्पाकाे जगदुल्ला गाउँपालिका वडा नं. २ काइगाउमा खेलकुद तथा सांस्कृतिक कार्यक्रमकाे आयाेजना गरिएकाे छ ।स्थानीय पाइले हिमाल युवा क्लबकाे आयाेजनामा संचालित खेलकुद तथा सांस्कृतिक कार्यक्रमकाे एक कार्यक्रमका बीच उद्घाटन समेत गरिएकाे छ।
माघ ६ गते देखि ११ गते सम्म संचालन हुने कार्यक्रमकाे आइतबार जगदुल्ला गाउँपालिका उपाध्यक्ष अमृता लामाले उद्घाटन गर्नु भयाे ।
कार्यक्रम उद्घाटनकाे दिन खेलकुद अन्तर्गत खुल्ला पुरुष ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ। ब्याडमिन्टन प्रतियोगितामा जिल्ला भरबाट १६ टिमले सहभागी जनाएका छन ।
यस्तै महिला भलिबल प्रतियोगितामा ३ टिम , महिला फुट्वलमा ५ टिम सहभागी भएकाे पाइले हिमाल युवा क्लबका अध्यक्ष हरिमान थापा(अमृत) ले जानकारी दिनु भयाे ।
कार्यक्रम अवधिभर स्थानीय पुर्खेउली खेलहरु खेलाइनुका साथै स्थानीय भेषभुषा झल्कने सांस्कृतिक झलकहरु प्रस्तुत गरिने अध्यक्ष थापाले बताउनु भयाे ।कार्यक्रमकाे अन्तिममा लाेक दाेहाेरी प्रतियोगिताकाे समेत आयाेजना गरिने बताइएको छ ।