ताजा समाचार

किन बढ्दाे क्रममा छ डाेल्पाका स्थानीय तहमा बेरुजु  

डोल्पान्युज डेक्स ।

डाेल्पाका स्थानीय तहहरुमा १ अर्ब भन्दा बढी बेरुजु देखिएकाे छ ।दुई वटा नगरपालिका र ६ वटा गाउँपालिका गरि  आठ वटा स्थानीय तह रहेका डाेल्पाका स्थानीय तहहरुमा बर्षनी बेरुजु बढ्दाे क्रममा छ ।

महालेखा परिक्षकको प्रतिवेदन अनुसार डोल्पाको ठुलीभेरी नगरपालिकामा  ४३ करोड ३७ लाख ३७ हजार रुपैयाँ बेरुजु रहेको छ । त्रिपुरासुन्दरी नगरपालिकामा  २६ करोड १० लाख ४० हजार रुपैयाँ बेरुजु  छ ।

मुड्केचुला गाउँपालिकाकाे  २१ करोड ५२ लाख ९५ हजार बेरुजु रहेको छ । यसैगरी डोल्पोबुद्ध गाउँपालिकामा  ११ करोड ६२ लाख ९१ हजार बेरुजु रहेको छ । काईके गाउँपालिकामा ७ करोड ८३ लाख १५ हजार रुपैयाँ बेरुजु रहेको छ ।

छार्काताङसोङ गाउँपालिकामा ६ करोड ५३ लाख रुपैया बेरुजु रहेको छ । शे फोक्सुण्डो गाउँपालिकामा  १ करोड ४५ लाख ८ हजार रुपैयाँ बेरुजु रहेको छ । भने जगदुल्ला गाउँपालिकामा १ करोड ३० लाख रुपैयाँ बेरुजु रहेको महालेखा परीक्षणकाे प्रतिवेदनमा उल्लेख छ ।

मलेप को प्रतिवेदन अनुसार हाल सम्म डोल्पामा सबै भन्दा बढि ठुलीभेरी नगरपालिका र सबैभन्दा कम जगदुल्ला गाउँपालिकामा बेरुजु देखिएको छ ।

कुनै पनि व्यक्ती वा संस्थाबाट रकम असुलउपर र कागजात अपुग भएकाहरुबाट मिलाएर बेरुजु फछ्र्यौट गर्नुपर्ने हुन्छ तर डोल्पामा भने प्रत्यक बर्ष बेरुजु बढ्दै गएको पाइन्छ ।

नेपालको संविधान २०७२ जारि भएसंगै डोल्पामा साबिकको २३ गाबिस लाई मर्च गरि संघीय संरचना अनुसार आठ वटा स्थानीय बनाइयो ।

संघीयता लागु भएसंगै स्थानीय तहमा बि.सं. २०७४ र २०७९ गरि दुई कार्यकालको लागि वडा सदस्य देखि पालिका प्रमुख सम्मको  निर्वाचन भैसकेको छ ।

संघीयताको अधिकारको नाममा स्थानीय तहहरुले मनपरि खर्च गर्दा डोल्पा जिल्लाका आठ वटा स्थानीय तहमा मात्र एक अर्ब भन्दा बढी रकम बेरुजु देखिएको हाे ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!