ताजा समाचार

आधिकारिकता बिना जनताको घरमा छापा मार्ने निकुन्जको शैली प्रति नागरिक समाज डोल्पाको आपत्ती

डोल्पा,कार्तिक २३ गते ।नागरिक समाज डोल्पाको फेक पत्र बनाई जगदुल्ला गाउँपालिकाका केहि जनताको घरमा निकुन्जलाई छापा मार्न लगाइएको रहस्य खुलेको छ ।

हाम्रो स्टुडियो२जिमेल डटकमवाट जिल्ला प्रशासन कार्यालय डोल्पामा मिति २०८० कार्तिक १० गते उल्लेख गरिएको प्राप्त पत्रमा नागरिक समाज डोल्पाको हवला दिदै जगदुल्ला गाउँपालिका वडानम्बर १ का वडाअध्यक्ष र मध्यवर्ती समितिका अध्यक्षको मिलोमतोमा जडिबुटीको अबैद्द कारोवारो भइरहेको जनाइएको छ ।

यसको साथै हिमबहादुर महतारा(कार्मा छिरिङ) र धनचन्द्र बैजीको घरगोठ लगायत वडाकार्यालयमा समेत जडिबुटि लुकाएर राखिएकोले यथासिघ्र खानतलासी गरि कारवाही गरिदिन भन्ने उल्लेख छ ।फेक पत्रको कुनै अध्यायन तथा आधिकारिकता नै नबुझि शे फोक्सुण्डो राष्ट्रिय निकुन्ज कार्यालयले पनि नागरिक समाजको विना छाप र लेटर प्याडको पत्रकै आधारमा जनताको घरमा छापा मारि जनतालाई त्रसित बनाउने काम मानवअधिकार विपरित भएको भन्दै त्यस्तो कार्यको भत्सर्ना समेत नागरिक समाज डोल्पाले गरेको छ ।

एउटा सरकारी कार्यालयले आधिकारिकता नबुझि हचुवाको भरमा कोही कसैको घरमा छापा मार्नु आफेमा कानुन विपरित हुने भएकाले अवका दिनमा आधिकारिकता बुझेर मात्र काम गर्न समेत सुझाएको छ ।नागरिक समाज डोल्पाका अध्यक्ष शेरबहादुर बुढाले प्रेस विज्ञाप्ती मार्फत नागरिक समाजको काम कोही कसैको घरमा छापा मार्न लगाउने नभएको उल्लेख गर्दै नागरिक समाजको फेक पत्र बनाई ब्यक्तिगत कुण्ठा साटी प्रतिसोधको भावनाले जनताको घरमा छापा मार्न लगाई गलत हर्कत गर्ने ब्यक्तिलाई यथासिघ्र कानुनी कारवाहीको माग समेत गरेका छन ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!