ताजा समाचार

डाेल्पामा नवाै उध्याेग दिवस,कृर्षि मैत्री कार्यक्रम लागू गर्न कृषककाे माग 

डाेल्पा,मङ्सिर ९ गते । स्वदेशी उत्पादन अभियान : उधमीकाे सम्मान” भन्ने मुल नाराका साथ डाेल्पाकाे सदरमुकाम दुनै बजारमा विभिन्न कार्यक्रम गरि नवाैं उधाेग दिवस मनाइएकाे छ।

उधाेग तथा उपभोक्ता हित संरक्षण कार्यालय डाेल्पाकाे आयाेजनामा,डाेल्पाका विभिन्न क्षेत्रका उधमी, विभिन्न निकायका प्रतिनिधिहरुकाे सहभागीतामा  उधाेग दिवस मनाईएकाे हाे ।

दिवसकाे अवसरमा  डाेल्पामा उत्पादन भएकाे केही अर्गानिक बस्तुहरु प्रर्दशन गरिएको थियाे ।जिल्ला समन्वय समिति डाेल्पाका प्रमुख श्याम बहादुर राेकायाले  उत्पादित बस्तुलाई बजारीकरण गर्न सके स्वंम ब्यक्ति समुदाय जिल्ला र देशलाई फाईदा पुग्ने बताए ।

प्रमुख जिल्ला अधिकारी तुलसी प्रसाद दाहालले डाेल्पा पर्यटकीय क्षेत्रकाे हिसावमा मुख्य हब भएकाे बताउदै उधमीहरुले लगानी सहित  मेहनत गरेकाे खण्डमा राम्राे आम्दानी लिन सक्ने बताए ।

उधमी र उपभोक्ताकाे आबश्यकतालाई मध्यनजर गरि नियमन र अनुगमन समेत गरिने प्रजिअ दाहाले बताए ।ठुलीभेरी नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष भक्त बहादुर भण्डारीले  हरेक निकायले असली कृषक उधमी पहिचान गरि कार्यक्रम तथा अनुदान वितरण गर्नु पर्ने उल्लेख गर्दै अनुदान लिने तर कार्यनयन नगर्ने प्रबृत्ति कृषकमा  रहेकाे वडा अध्यक्ष भण्डारीकाे भनाई थियाे ।

उधाेग बार्णिज्य संघ डाेल्पाका अध्यक्ष लालिमान बुढाले डाेल्पामा उत्पादित बस्तुहरुकाे बजारीकरणमा सबैकाे ध्यान पुग्न जरुरी रहेकाे बताए ।कृर्षि उध्यमी कृषक रन्जित बाेहाेराले कृषक  मैत्री कार्यक्रम लागू गरि उनीहरुकाे हाैसला बढ्ने खालका कार्यक्रम संचालन गर्नु पर्नेमा जाेड दिए ।

उधाेग तथा उपभोक्ता हित संरक्षण कार्यालय डाेल्पाका प्रमुख सत्या बहादुर भण्डारीले उध्याेग र उधमी विना देशकाे अर्थतन्त्र सकरात्मक दिशामा जान नसक्ने भन्दै ढुक्क संग उधाेग संचालन गर्न व्यवसायीहरुलाई  आग्रह गरे ।

चालू आ.व मा कार्यालयबाट संचालन हुने कार्यक्रमहरुकाे बारेमा समेत प्रमुख भण्डारीले जानकारी गराएका थिए ।डाेल्पामा हाल सम्म २ हजार एक सय ९७ उधाेग दर्ता भएकाे समेत भण्डारीले  जानकारी  गराए ।

कार्यालय प्रमुख उध्याेगी क्यवसायी कृषक नागरिक समाज लगायत सर्वसाधारणकाे सहभागीतामा नवाै दिवसकाे अवसरमा नारा सहित दुनै बजारमा र्याली निकालिएको थियाे ।

तपाईको प्रतिक्रिया