ताजा समाचार

प्रेस चौतारी नेपाल रोल्पाको नेतृत्व  पुनः तिलक घर्ति मगरलाई!

पुर्ण सार्की/ डोल्पा न्युज 

प्रेस चौतारी नेपाल जिल्ला शाखा रोल्पाको अध्यक्षमा पुनः तिलक घर्तिमगर चयन भएका छन्।

सोमबार सदरमुकाम लिबाङमा सम्पन्न छैठौँ अधिवेशनबाट घर्तिमगर सहित नयाँ नेतृत्व चयन भएको हो ।

जसको उपाध्यक्षमा मनोज घर्तिमगर र सपना डाँगी, सचिवमा अमृत वली, सहसचिवमा भुपेन्द्र घर्तिमगर र दिलबहादुर सार्की, कोषाध्यक्षमा टेकबहादुर घर्ति सहित सदस्यमा किसन विक, कुशल पुन, चित्रबहादुर केसी, उमेश घर्तिमगर, मिना रोका र सृजना घर्तिमगरलाई चयन गरिएको छ।

त्यस्तै दाह्रासिङ डाँगी र कमला पुनलाई केन्द्रीय प्रतिनिधि सदस्य र बिमलराज डाँगीलाई प्रदेश परिषद् सदस्यमा चयन गरिएको छ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!