ताजा समाचार

डाेल्पाका ६ जना कृषक तथा पशुपालन ब्यवसायि उत्कृष्ट पुरस्कारवाट सम्मानित 

डाेल्पान्युज डेक्स।

कृषि बिकास कार्यलय  र पशु अस्पताल तथा पशु सेवा कार्यालय डोल्पाकाे संयुक्त आयाेजनामा गरिएकाे एक कार्यक्रममा जिल्ला उत्कृष्ट कृषक तथा पसुपालक ब्यबसायिलाई पुरस्कृत गरिएकाे छ ।सदरमुकाम दुनैस्थित कृषि विकास कार्यालय गरिएकाे कार्यक्रममा  सहभागी  जिल्लाभरका  कृषकहरुमध्येका ६ जना उत्कृष्ट कृषक र पसुपालक व्यावसायिक छनौट गरि  पुरस्कृत गरिएको हाे ।

पुरस्कृत हुनेमा बाख्रा पालन तर्फ काईके गाउपालिका ३ का अगम बहादुर ठकुल्लालाई प्रमाणपत्र सहित  ४० हजार नगद सहित प्रथम स्थान मुड्केचुला गाउपालिका ७ का भेडाबाख्रा ब्यवसायि धन बहादुर बुढा प्रमाणपत्र सहित ३० हजार नगद दोस्रो स्थान ,गाईपालनमा तर्फ जगदुल्ला १ का हेम बहादुर महातारालाई प्रमाणपत्रका साथ २० हजार नगद सहित तेस्रो स्थानको पुरस्कार प्रदान गरिएको जिल्ला पशुसेवा कार्यलया डोल्पाका प्रमुख जर बहादुर भक्रीले जानकारी दिनु भयो ।

त्यस्तै गरि कृषि समूह अन्तर्गत  स्याउ खेती तर्फ ठुलिभेरी १ का जुद्द बहादुर रोकाया ४० हजार  नगद सहित प्रथम स्थान  ठुलिभेरी नगरपालिका १० कि मौरी पालक भानुमती कार्की ३० हजार नगद प्रमाणपत्र  सहित दोर्सो स्थान र स्याउ खेती तर्फकै त्रिपुरासुन्दरी ४ का श्रीकर्ण बोहरालाई  २० हजार नगद प्रमाणपत्र सहित तेस्रो स्थान प्राप्त गरेकाेमा  उत्कृष्ट कृषक तथा व्यावसायिक घाेषणा गरि    पुरस्कार प्रदान गरिएको कृषि बिकास कार्यलय डोल्पाका प्रमुख गणेश अधिकारीले बताउनु भयो ।

उत्कृष्ट कृषक तथा पशुपालन ब्यवसायिलाई जिल्ला समन्वय प्रमुख श्याम बहादुर राेकाया पशु अस्पताल तथा पशुसेवा कार्यालयका प्रमुख जर बहादुर भक्री र कृषि विकास कार्यालयका प्रमुख गणेश अधिकारीले प्रमाण पत्र तथा नगद पुरस्कार वितरण गर्नु भएकाे थियाे ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!