ताजा समाचार

ठुलिभेरी नगरपालिकाले शुरु गर्याे विद्युतिय भुक्तानी प्रणाली 


हिमाली जिल्ला डाेल्पाकाे ठुलिभेरी नगरपालिकाले पहिलोपटक विद्युतिय भुक्तानी सेवा सुरु गरेकाे छ ।
जिल्लामै पहिलाे स्थानीय तहकाे रुपमा पहिलोपटक शिक्षक कर्मचारीकाे तलब भत्ता विद्युतिय भुक्तानी प्रणाली मार्फत निकासा शुरु गरिएकाे नगरप्रमुख सचिवालयले जनाएकाे छ ।
विद्युतिय भुक्तानी प्रणाली(EFT) मार्फत सम्बन्धित व्यक्तिकै खातामा पैसा हाल्न मिल्ने भएपनि यस बर्ष बैंक नपुगेर सिधै विद्यालयकाे खातामा शिक्षक कर्मचारीकाे तलब भत्ता निकासा गरिएको नगर प्रमुख सुवर्ण बुढाले बताए ।
बदलिँदो प्रविधिको सदुपयोगका साथै छिटाे छरिताे आर्थिक सेवा प्रवाह हुने र कर्मचारीकाे पनि समय बचतहुने अपेक्षा गरिएको नगर प्रमुख बुढाले बताए ।
त्यतिमात्र नभई ठुलिभेरी नगरपालिकाले ज्येष्ठ नागरिक भत्ता तथा लक्षित बर्गकाे भत्ता समेत विद्युतिय भुक्तानी प्रणाली मार्फत निकास गरेकाे छ ।
यसले गर्दा लक्षित बर्गले सिधै बैंकमा पुगेर पैसा निकाल्न सक्ने नगरपालिकाले जनाएको छ ।
पहिलो पटक शिक्षक कर्मचारी तलब भत्ताका लागि २ कराेड ८८ लाख ७२ हजार ४ सय ३० र विविध निकासकालागि ४६ लाख ८८ हजार ६ सय १५ निकासा भएको नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखाका कर्मचारी कमल बुढाले जानकारी दिए ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!