ताजा समाचार

हिमाली जिल्ला डाेल्पामा भेटिए शिघ्र कुपोषण संक्रमित १२ बालबालिका

लेख बुढा,डोल्पा

हिमाली जिल्ला डाेल्पामा शिघ्र कुपाेषण संक्रमित बालबालिका भेटिएका छन ।स्वास्थ्य  सेवा कार्यालय डोल्पाले जिल्लाका आठ वटै स्थानीय तहका स्वास्थ्य संस्था मार्फत संकलन गरिएको तथ्यांकमा  जिल्लाभर हाल सम्म १२ जना बालबालिकामा शिघ्र कुपोषण संक्रमण भएको पाईएको हाे ।
डोल्पामा आर्थिक बर्ष २०७९/८० मा जम्मा ७ जना बालबालिकामा शिघ्र कुपोषण संक्रमण रहेको थियो भने आ.ब. २०८०/८१ मा जम्मा १२ जनामा कुपोषण भएको पाईएको स्वस्थ्य सेवा कार्यालय डोल्पाका प्रमुख डक्टर रत्न विर सुनारले बताउनुभयो ।
जिल्लाका सवै गाउँघरहरुमा कुपोषण संक्रमण चेकजाँच गर्दा यो आ.ब.मा केही संख्या थप भएको र कुपोषीत बालबालिकाको स्वस्थ्यमा सुधार भैरहेको डाक्ट सुनारले बताउनुभयो ।
डाक्टर सुनारका अनुसार डोल्पामा ८४.२ प्रतिशत बालबालिका कुपोषण संक्रमणबाट निको भएका छन ।
बिशेष गरि बालबालिकालाई आवश्यक पर्ने पोषण तत्वहरुको अभावले शरीर कम्जोर र दुब्लो पातलो हुने अवस्थालाई कुपोषण भनिन्छ ।
कुपोषणको सिकार भएका व्यक्ती वा बालबालिका शारीरिक र मानसिक दुबै रुपमा अस्वस्थ हुने गर्दछ ।
अहिलेको अवस्थामा पनि कुपोषण संक्रमीत बालबालिका देखा पर्नुले कतै सरकारी तथा गैर सरकारी संस्था मार्फत संचातिक पोषण यूक्त कार्यक्रम प्रभावकारी भएन कि भन्नेमा पनि प्रश्न उठ्न थालेको छ ।
जिल्लामा कुपोषण संक्रमीत व्यक्ती मुक्त गर्न सम्बन्धीत सरोकारवाला निकायलाई पोषण यूक्त कार्यक्रम प्रभावकारी रुपमा संचालन गर्न जानकारहरुले सुझाव दिएका छन ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!