डोल्पो बुद्ध गाउँपालिका–३ टाक्सी निवासी ५३ वर्षीय धावा गुरुङको घटनास्थलमै मृत्यु भएको हो। स्थानीय झ्याम्पा लामाका अनुसार गुरुङ याक (चौरीगाई) स्याहार गर्न तिन्जे जाने क्रममा श्युलाखको “सा–सेम्रो” भन्ने स्थानमा पुगेका थिए। समुद्र सतहदेखि करिब ४६०० मिटरको उचाइमा रहेको सो स्थानमा चट्याङ परेको थियो।
त्यस क्रममा धावा गुरुङसँगै रहेका अन्य चार जना — तेम्बा गुरुङ, खार्बा छिरिङ्ग गुरुङ (महिला), धोर्चे गुरुङलगायत — पनि चट्याङले प्रभावित भएका थिए। उनीहरू केहीबेर बेहोस भए पनि पछि होसमा आएर सकुशल घर फर्किएका छन्।
प्रत्यक्षदर्शी खार्बा छिरिङ्ग गुरुङका अनुसार चट्याङ पर्ने बेला पाँचै जना एउटै स्थानमा थिए। तर धावा गुरुङ एक्कासि समूहमैबाट केही टाढा जाँदा उनलाई सिधै चट्याङ लागेको हो।
घटनाको विवरण दिँदै अर्का प्रत्यक्षदर्शी तेम्बा गुरुङले मृतकको शरीर आधा भाग कालो भएर जलेको र चट्याङले टुक्रा–टुक्रा पारेको बताएका छन्।
टाक्सी गाउँ समुद्र सतहदेखि करिब ४२०० मिटरको उचाइमा अवस्थित छ।धाेवाट सराेज थापा

डोल्पा न्यूज । २५ बैशाख २०८२, बिहीबार १३:०६