ताजा समाचार

प्रेस सेन्टरका सचिव सहित एमालेका कार्यकर्ता कांग्रेसमा प्रवेश

 पछिल्लाे समय डाेल्पामा एक पार्टीवाट अर्काे पार्टीमा प्रवेश गर्ने लहर चलेकाे छ ।

आईतवार ठुलीभेरी नगरपालिकाकामा क्रियासिल नेकपा माओवादीका कार्यकर्ता र नेकपा (एमाले) कार्यकर्ता  नेपाली कांग्रेसमा प्रवेश गरेका छन ।

नेकपा माओवादी केन्द्र प्रेस सेन्टरका सचीव बिर्ष बहादुर राेकाया ठुलिभेरी-४ नेकपा माओवादी परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गर्नु भएकाे छ ।त्यसैगरी टीका कुमारी रोकाया तिप्ला-४ नेकपा माओवादी केन्द्र र धन बहादुर बुढा नेकपा एमाले परित्याग गरि कांग्रेसमा प्रवेश गर्नु भएकाे हाे ।

नवप्रवेशीहरुलाई जिल्ला समन्वय प्रमुख श्याम राेकाया ठुलिभेरीनगरका नगरप्रमुख श्वर्ण बुढा जिल्ला कार्यसमितिका कार्यबाहक सभापति लब कुमार शाही,सचीव हिक्मत शाही,दशरथ रोकाया लगायतले अविर टीका र राईका लगाएर पार्टीमा स्वागत गर्नु भएकाे थियाे ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!