कर्णाली प्रदेशकाे हिमाली जिल्ला डाेल्पा क्षेत्रफलको हिसावले नेपालकै ठूलाे जिल्ला हाे ।थाेरै जनसंख्या छरपस्ट छरिएका बस्ती भाैगाेलिक विकटता पूर्वाधारको विकासकाे अभाव, राज्यले हेर्ने फरक दृष्टिकोण र कमजाेर राजनैतिक चेतना कारणले मानव जीवनका लागि आबश्यक पर्ने शिक्षा स्वास्थ्य विधुत सडक र संचार लगायतका आधारभूत सुचकमा अझै पछाडि छ डाेल्पा ।यहाँका जिल्लावासीले झल्दै आएका आधारभूत सुचाङक लगायतका कहियाै समस्याहरु अकवरे पहाड झै हाम्राे सामु ठहडिएका छन ।यी र यस्तै समस्याहरुका माझ पनि पछिल्लाे समय डाेल्पाकाे शैक्षिक गुणस्तर विकासकाे लागि धेरै प्रयासहरुकाे थालनी भएकाे पाइन्छ ।बिक्रम सम्वत २०३४ साल बैशाख २४ गते बुबा आदिचन्द्र न्याैपाने र आमा महालक्ष्मी न्याैपानेका साहिलाे पुत्रकाे रुपमा टिकादत्त न्याैपानेकाे त्रिपुरासुन्दरी नगरपालिका-१ त्रिपुराकाेटमा जन्म भएकाे हाे ।उमेरले ४७ वसन्त पार गरेका न्याैपानेले शैक्षिक क्षेत्रकाे विकासमा डाेल्पाका आठ ओटे स्थानीय तहमा रहेका विद्यालय र अभिभावकसंग उन्नाइस वर्ष विताएका छन ।समग्र जिल्लाकाे शिक्षा विकासकाे समस्या समाधानका प्रयास र सम्भावनाका सम्बन्धमा गरिएकाे कुराकानीकाे सारसंक्षेप यहाँ प्रस्तुत गरिएकाे छ ।
प्रश्न १ ः तपाई कति वर्षकाे हुनु भयाे ?पछिल्लाे समय शिक्षाकाे क्षेत्रमा निकै चर्चामा हुनु हुन्छ नि ?
मेराे शिक्षाक्षेत्र प्रवेश २०६१ साल फागुन १ गतेवाट हाे ।किर्डार्क नेपाल ( कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र मा कर्णाली गुणस्तरीय शिक्षा कार्यक्रम kqep वाट शिक्षा क्षेत्रकाे यात्रा शुभारम्भ भई हाल १९ वर्ष सम्म अनवरत रुपमा शिक्षा क्षेत्रमै काम गर्दै छु ।डाेल्पा जिल्ला माथिल्लाे मध्य र तल्लाे गरेर तीन भागमा विभाजित छ ।तीन ओटै क्षेत्रमा गरि जम्मा १११ वटा सामुदायिक विद्यालयहरु रहेका छन ।जसमा म प्रत्येक विद्यालय समुदाय गाउँवस्ती विव्यवस शिअस यूवाक्लव बालक्लब आमा समूह मानव अधिकार समूह लगायतसंग काम गर्ने अवसर प्राप्त भएर नै सबैले मलाई चिन्ने र बुझ्ने गरेका छन ।
प्रश्न २ ः तपाइलाई पालिकाकाे एउटा सक्रिय र जनमुखि शैक्षिक अभियान्ताकाे रुपमा चिन्छन क्यार सबैले है ?
किर्डाक नेपालमै काम गर्ने तरिका र उपलब्धि कै कारणले २०७६ साल माघ ११ गते देखि त्रिपुरासुन्दरी नगरपालिकाकाे शिक्षा युवा तथा खेलकुद शाखामा शिक्षा सहायककाे रुपमा काम गर्ने अवसर प्राप्त भयाे ।म समय समुदाय र विद्यालयमा बढि समय खर्च गर्थे ।मानव अधिकार शिक्षा स्वास्थ्यमा पिछडिएका ब्यक्ति र वर्गलाई समावेश गराउनु थियाे ।विद्लायमा कार्यरत शिक्षक विद्यार्थी विव्यवस शिअस अभिभावकहरुसंग सुमधुर सम्बन्ध कायम गरि समस्याकाे खाेजि गरि समाधान गर्ने र गुणस्तरीय शिक्षा प्राप्तिकाे वातावरण जस्तै कक्षा काेठा ब्यवस्थापन शैक्षिक सामाग्री निर्माण र प्रयाेगका साथै हालकाे आबश्यक्ता अनुसारको शिक्षा प्राप्त गर्नु थियाे त्यसैले चर्चा भएकाे हाे की ।
प्रश्न ३ ः तपाईले धेरै बर्ष डाेल्पाकाे गुणस्तरीय शिक्षाकाे विकासकाे लागि काम गर्ने अवसर पाउनु भयाे ? खास के छ तपाईंसंग त्यस्ताे जादु ?
सुचक र संस्थाकाे उद्देश्य अनुसार विद्यालय र समुदायस्तरमा ईमानदार तवरले लागि परेर प्रतिफल प्राप्त गर्ने उद्देश्यले लागि परेकै कारणले शिक्षा क्षेत्रमा लामाे समय सम्म टिक्न सकेकाे हु जस्ताे लाग्छ ।बास्तवमा आवश्यकताकाे पहिचान र समस्या समाधानको उपाय पत्ता लगाएर काम गर्न लागि परेमा शिक्षा राम्रो सुधार गरि प्रतिफल प्राप्त गर्न सकिन्छ ।
प्रश्न ४ ः तपाई कहिले देखि शिक्षा विकासमा जाेडिनु भयाे ? पालिकाको शिक्षा विकासमा सक्रिय भईरहंदा एउटा अभियान्ताकाे हिसावले गुणस्तरीय शिक्षा विकासमा के कस्ता समस्याहरु छन् र कसरी समाधान गर्ने योजना छ ?
म २०६१ सालदेखि २०७४ सालसम्म किर्डाक नेपालकाे कर्णाली गुणस्तरीय शिक्षा सेभद चिल्ड्रेन नर्वेको सहयाेगमा जाेखिममा रहेका कर्णालीका बालवालिकामा शिक्षाको पहुँच कार्यक्रम युराेपियन युनियनको सहयाेगमा प्रारम्भिक शिक्षा कार्यक्रम प्लान नेपालकाे सहयाेगमा EGRP कार्यक्रममा २०७४ देखि २०७६ सम्म १८ महिना सम्म NEGRP नेपाल राष्ट्रिय प्रारम्भिक शिक्षा कक्षा पढाइ कार्यक्रम सेडा नेपाल डाेल्पामा सहयाेगी ।RTI international काे सहयाेगमा २०७६ साल माघ १ गतेदेखि २०८० साल फागुन १४ गते सम्म त्रिपुरासुन्दरी नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखामा शिक्षा सहायक पाचौं मा कार्यरत भएर २९ ओटा सामुदायिक विद्यालयमा गुणस्तर सुधार सम्बन्धि काम गर्ने अवसर प्राप्त भयाे ।डाेल्पाकाे शिक्षालाई गुणस्तरीय बनाउन निम्न समस्याहरु छन।
१- सम्बन्धि निकायबाट समय समयमा अनुगमनकाे अभाव २- राम्राे तथा नियमित र विद्यालय नआउने ठग्ने शिक्षककाे सहि मुल्यांकन नहुनु ३- अभिभावकमुखि कार्यक्रम नहुनु ४- कार्यालयमा बसेर गुणस्तरका भाषण छाट्ने तर ब्यवहारमा लागु नगरिनु ।समाधानका उपाय १- सरकारी निकायले आफ्नाे जिम्मेवारी प्रभावकारी रुपमा निर्वाह गर्नु पर्ने २- शिक्षा विनाकाे विकास अधुराे छ भन्ने कुराकाे मनन् गराउनु पर्ने ३- शिक्षक विद्यार्थी अभिभावक एसएमसी अभिभावक संघ विच अभिभावक सम्मेलन पढाइ मेला कार्यक्रम समय समयमा संचालन गरिनु पर्छ ।
प्रश्न ५ ः तपाईं शिक्षा क्षेत्रमा जाेडिनु पुर्व सरकारी तथा संस्थान तर्फ काम गरेकाे अनुभव छ भन्ने छ कुन कुन क्षेत्रमा के कति समय काम गर्ने अवसर पाउनु भयाे ?
म २०५४ देखि २०५७ सम्म नेपाल आयल निगम पाेखरा डिपाेमा काम गरे ।२०५९ देखि २०६० फागुन १५ गते सम्म गरीब निवारण काेष कार्यक्रम जिविस डाेल्पामा काम गरेर सामाजिक परिचालक भएर ,२०६१ देखि २०८० /११/१४ सम्म शिक्षा क्षेत्रमा काम गरे ।२०८०फागुन १८ देखि किर्डाक नेपाल डाेल्पामा EGL कार्यक्रम स्थानीय शिक्षा युनिट काेर्डिनेटरकाे रुपमा काम गर्ने अवसर प्राप्त भएकाे छ ।
प्रश्न ६ ः समृद्ध पालिकाकाे लागि तपाईंको कार्यकालमा के के गर्ने योजना रहेको छ ?
मैले सामाजिक संस्थामा कार्यरत रहि काम गरेकाेले नै हाल गाउँ समाजमा सुशासन कायम गरि आफ्नाे रीतिरिवाज संस्कार परम्परालाई जगर्नेा गर्ने देखि दुखि समाजमा पछाडि परेका र पारिएकालाई अधिकारकाे पहुचमा ल्याउने र सु ब्यवस्था कायम गरि समाज एकता गराउने कार्यमा तन मन र कर्मका साथ लागिपरि रहेकाे छु ।यसमा सबै समुदायकाे सहयाेग भईरहेकाे छ ।
प्रश्न -७ : तपाईले जिल्ला मात्र नभई नगरपालिका क्षेत्रकाे शिक्षा र संचार विकासका साथै सामाजिक क्षेत्रमा समेत काम गरिरहनु भकाे छ नि ?
नगरपालिका लगायत समग्र जिल्लाकाे शिक्षा अवस्थालाई नियालेर हेर्ने हाे भने निकै चुनाैतिहरु हाम्रा सामु छन ।शिक्षक नियमित विद्यालयमा उपस्थित नहुनु,रुचि र युगकाे मागअनुरुप पठनपाठन नहुनु सरकारी निकायले वेवास्था गर्नु राजनैतिक दलहरुले पाटिगत दृष्टिकोण वाट शिक्षालाई हेर्नू ।बाटाेखन्ने घर बनाउने लगायतका कार्यमा बढि चासाे जाग्नु ,शिक्षा क्षेत्रकाे विकाशका लागि रकम कम विनियोजन गर्ने परम्परा, अनुगमन अवलोकन सुपरिवेक्षण गर्न लापरबाही गरिनु इत्यादि कारणले शिक्षा भाषणमा प्रमुखता पाइएपनि व्यवहार र नीतिगतस्तरमा स्थानीय तहले ध्यान दिएकाे पाइदैन ।
प्रश्न : ८ ; अन्तमा तपाईं कार्यरत नगरपालिकाकाे समग्र शिक्षाकाे गुणस्तर विकासकाे लनगि नगरबासि र जिल्लाबासिलाई के हि भन्नू छ ?
सर्वप्रथम गुणस्तरीय शिक्षाकाे लागि अभिभावकहरु नै समुदायमा जागरुक हुनु पर्छ ।स्थानीय राजनीतिकदलका प्रतिनिधि प्रमुख र निर्वाचित जनप्रतिनिधि नागरिक अगुवा महिला आमा समूह लगायतले पहिला शिक्षा क्षेत्रमा प्रयाप्त बजेट विनियाेजन गर्न लगाउने कार्यमा रचनात्मक सहयाेग गर्नु पर्छ ,सबैले शिक्षालाई साझा एजेन्डामा राखेर प्राथमिकता दिएर विनाविवाद हातेमालाे गर्न सक्नु पर्छ ।विद्यालयमा अभिभावक लगायत सराेकारवाल पक्षवाट विभिन्न समयमा अनुगमन अवलाेकन लगायत सुझावसल्लाहा दिन आवश्यक छ ।विद्यालयमा राजनितीक गन्ध नमिसाई स्वच्छ भावनाले सहयाेग गर्ने वातावरण सृजित गर्नु पर्छ ।स्थानीय शिक्षा हेर्ने सरकारी अधिकारीले झाराे टार्नका लागि नभई परिवर्तन र सुधारकाे लागि नियमन अनुगमन सुपरिवेक्षण गरि राम्राेलाई पुरस्कृत नराम्राेलाई दण्डित गर्ने परम्पराकाे थालनी गरेमा शिक्षाकाे गुणस्तर बृद्दि विकास हुने दुविधा छैन ।