ताजा समाचार

पैदल तथा साईकलवाटै ७ सय ५३ स्थानीय तहको भ्रमण गर्ने साईकल यात्री डोल्पामा

विष्णुप्रसाद देवकोटा

साईकलवाटै नेपालका ७ सय ५३ स्थानीय तहको भ्रमण गर्ने लक्ष्यका साथ यात्रा शुरु गरेका ७१ वर्षीय साईकल यात्री डोल्पामा पुगेका छन ।

आत्मा र राष्ट्र शान्तिका लागि साईकल यात्रा शुरु गरेका बृद्द नेपाल भ्रमणको क्रममा डोल्पा पुगेका हुन ।

कोशी प्रदेश नं १ मोरङ जिल्ला रतुवामाई नगरपालिका–८ घर भई हाल चैनपुरेमा बसोवास गर्दै आएका ७१ वर्षीय रामभक्त कौडिन्य(प्याकुेरेल)ले २०७८ साल मङ्सिर ९ गतेवाट नेपाल भ्रमण अन्तर्गत ७ सय ५३ वटै स्थानीय तहको भ्रमण साईकलवाटै शुरु गरेका हुन ।

नेपाल भ्रमणको शिलसिलामा डोल्पा पुगेका कौडिन्याले डोल्पान्युज डटकम अनलाईनसंग कुरा गर्दै वैशाख ९ गते आफुले भ्रमण गरेका स्थानीय तहको संंख्या ६ सय १ पुग्ने र १५२ वटा स्थानीय तह मात्र बाँकी रहने बताए ।

सामान्य साईकलमा देशभक्ति झल्काउने स्वाभिमानी नेपाली झण्डा फरफराउदै डोल्पा पुगेका उनले जति डोल्पा विकटताले सास्ती छ तेतिकै प्राकृतिक सुन्दरताले अलौकिक रहेको समेत बताए ।

बुढो शरिर बर्तमान आकासिदो बजारी मुल्यको वावजुद नेपाल भ्रमणसंगै खर्च ब्यवस्थापन कसरी गरिरहनु भएको छ भन्ने जिज्ञासामा जुन जुन जिल्ला र पालिकामा पुग्छु त्यहीका पालिका र सर्वसाधारणवाट समेत आर्थिक तथा गासवासको प्रबन्ध मिलाइने गरेको नेपाल यात्री कौडिन्यले जानकारी दिए ।

साईकलवाटै पालिकाकाे यात्रा गर्ने लक्ष्य रहेपनि साईकल सम्भव नभएका उपल्लाे डाेल्पा र तल्लाे डाेल्पाका पालिकामा भने पैदलबाटै यात्रा ,भ्रमण गरिने बताए ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!