नेकपा (एमाले) को भातृ सङ्गठन नेपाल बुद्दिजीबि परिषद डोल्पाको अध्यक्षमा पत्रकार सराेज थापा निर्वाचित हुनु भएको छ ।यसैगरी मा
उपाध्यक्षमा नन्द बहादुर थापा सचिवमा छेवाङ क्याल्बो लामा सह- सचिबमा – बिकास राज रोकाया र कोषाध्यक्षमा हरि बहादुर शाही सर्वसम्मत प्रणालीबाट चयन हुनु भएकाे हाे ।
साेमबार सदरमुकाम दुनैमा भएकाे भेलाले पदाधिकारी सहितकाे तेह्र सदस्यीय बुददिजीवि परिषद गठन गरेकाे हाे ।
नव गठित परिषदका पदाधिकारीलाई केन्द्रीय सदस्य पदमाक्वारी बुढा( बाेहाेरा) पाटी अध्यक्ष लंकबहादुर राेकाया सहितका नेता गणहरुले अविर टीका र राईका लगाएर बधाईका साथ कार्यकाल सफलताकाे शुभकामना दिनु भएकाे थियाे ।

डोल्पा न्यूज । १९ चैत्र २०८१, मंगलवार १४:१९