पोखरा । नेकपा एमालेको गण्डकी प्रदेश अध्यक्षमा नवराज शर्मा विजयी भएका छन् । उनी ५३१ मतसहित विजयी भएका हुन् ।
उनका प्रतिस्पर्धी मायानाथ अधिकारीले ३६५ मत प्राप्त गरेका छन् । शर्माले अधिकारीलाई १६६ मतले पछि पारे ।
उनीहरु प्यानलसहित चुनावमा प्रतिस्पर्धा गरेका थिए । निर्वाचनमा अधिकांश शर्मा प्यानलका उम्मेदवारहरु विजयी भएका छन् ।
उपाध्यक्षमा निलप्रसाद गुरुङ ५३४ मतसहित विजयी हुँदा अर्का प्रत्यासी बाबुराम विश्वकर्माले ३६२ मत पाएका छन् ।
सचिवका उम्मेदवार धनञ्जय दवाडीले ५२० मत प्राप्त गरेर विजयी हुँदा उनका प्रतिस्पर्धी रश्मी आचार्यले ३६७ मत पाए ।
उपसचिव पदमा दामबहादुर विक विजयी भएका छन् । उनले ४९९ मत पाएका छन् । उपसचिव पदका अर्का प्रत्यासी सन्तोष रावलले ३९७ मतमात्र पाए ।