ताजा समाचार

नेपाली कांग्रेसद्वारा त्रिपुरासुन्दरी कार्यापालिकामा एमालेलाई दिएकाे समर्थन फिर्ता

डाेल्पा, वैशाख १२ गते — स्थानीय तहको कार्यापालिका गठनमा लामो समयदेखि सहयात्री रहेका नेपाली कांग्रेस र नेकपा एमालेबीचको सहकार्यमा दरार आएको छ। त्रिपुरासुन्दरी नगरपालिकामा नेपाली कांग्रेसले एमालेलाई दिएको समर्थन औपचारिक रूपमा फिर्ता लिएसंगै दुईदल बीचको सहकार्यमा दरार आएकाे हाे ।

२०७९ सालको स्थानीय निर्वाचनपछि दुई दलबीच सहकार्यमा आधारित ११ बुँदे सम्झौता भएको थियो। तर, नेपाली कांग्रेसका अनुसार, एमालेबाट निर्वाचित नगरप्रमुख जनचन्द्र रोकायाले उक्त सम्झौताका मर्म र शर्तहरूलाई बेवास्ता गर्दै एकल निर्णय गर्न थालेपछि समर्थन फिर्ता लिनु परेको नेपाली कांग्रेस त्रिपुरासुन्दरी नगर समितिका कार्यावाहक सभापति तथा सचिव इन्द्र बहादुर बुढाद्वारा जारि विज्ञाप्तीमा उल्लेख छ ।

सहयात्री दल नेपाली कांग्रेसले लिएकाे समर्थन फिर्ताले नेकपा एमाले नेतृत्वको नगरप्रमुख जनचन्द्र राेकायालाई नगरकार्यापालिका बैठकमा बहुमहत्वका विषयमा निर्णय गर्दा समस्या पर्छ कि ? भन्ने जिज्ञासामा कांग्रेसको समर्थन फिर्ताले खासै बहुआयामिक असर नपर्ने नगर प्रमुख राेकायाले बताउनु भयाे ।उहाँले भन्नू भयाे” कार्यापालिका गठन र जिल्ला समन्वय नेतृत्वमा दुई दल बी सम्झौता भएकाे ठिक तर मैले कांग्रेसलाई पेल्ने र याेजना लगायतका विकास निर्माणका काममा एकल निर्णय गर्ने गरेकाे छैन ।”

हरेक कामकाज गर्दा कानुनी प्रावधान र निश्चित प्रणाली हुन्छ हामीले  काम गर्दा पनि प्रावधान र प्रणालीमा रहेर काम गरिरहेका छाै,तर नियम भन्दा बाहिर गएर निजि स्वार्थमा निहित कुनै काम गरेका छैन भाेलि पनि गर्दैनाै त्यसैले कसैले समर्थन लिदैमा केही असर नपर्ने नगर प्रमुख राेकायाले भन्नू भयाे ।एक्काईस सदस्यीय नगर कार्यापालिमा नेपाली कांग्रेसकाे तर्फवाट मनाेनित दुई र निर्वाचित तीन गरेर पांच जना सदस्य छन ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!