डाेल्पाकाे जगदुल्ला गाउँपालिकामा बालविवाह विरुद्द दश बुँधे संकल्प सहितको प्रतिबद्दताका साथ प्रारम्भिक मस्यौदा तयार भएको छ ।हामी सबैको ऐक्यवद्दता बालविवाह विरुद्दको एकता सहितको प्रतिबद्दता भन्ने नाराका साथ बालविवाह अन्त्यको लागि रणनीतिक योजना निर्माण सम्बन्धि ३ दिने कार्यशाला गोष्ठीका सहभागि जनप्रतिनिधि सहितका सरोकारवालाहरुले उक्त संकल्प सहितको प्रतिबद्दताका साथ प्रारम्भिक मस्यौदा तयार पारेका हुन ।हामी बालविवाह प्रति पूर्ण सचेत छौ,हामीलाई बालविवाह स्वीकार्य छैन,हामी बालअधिकारको सम्मान गछौ उक्त प्रतिबद्धता सहितकाे प्रारम्भिक मस्यौदामा उल्लेख छ ।
त्यस्तै गरि जगदुल्ला गाउँपालिकामा बालवालिकाको शिक्षा स्वास्थ्य मनोरन्जन संरक्षण र विकासको लागि प्राथमिकता दिई योजना निर्माण गरि बजेट विनियोजनका साथै प्रभावकारी कार्यान्वयन गराउन वकालत तथा पैरवी गराउने, नेपाल सरकारको सन २०३० सम्म नेपाल बालविवाह मुक्त देश बनाउने लक्ष्यलाई पुर्णता दिन ब्यापकरुपमा अभियान सन्चालन गर्न गराउन जगदुल्ला प्रतिबद्द छ समेत मस्यौदामा भनिएकाे छ । पालिका उपाध्यक्ष अमृता लामा सहित ६ वटै वडाका वडाअध्यक्ष सुरक्षाकर्मी दिदिबहिनी समुहका प्रतिनिधि शिक्षक तथा बाल क्लबका प्रतिनिधिकाे सहभागीताले जगदुल्ला गाउँपालिकाकाे बालविवाह विरुद्धको रणनीतिक कार्यायाेजनकाे प्रारम्भिक मस्यौदा तयार पारेकाे हाे ।बालविवाह विरुद्धको रणनीतिक कार्यायाेजनकाे प्रारम्भिक मस्यौदा बालविवाह विरुद्धको अभियान जिल्ला सन्जालका संयाेजक रणबहादुर कार्कीले गाउँपालिकाका अध्यक्ष नारासिं राेकायलाई एक कार्यक्रमका बिच बुझाएका थिए।प्रारम्भिक मस्यौदा बुझ्दै अध्यक्ष राेकायले आफुले राम्राेसंग अध्यायन गर्ने बताए ।
पालिकाबाट बालविवाह राेक्नकाे लागि धेरै प्रयास भईरहेता पनि सार्थक बन्न नसकेकाे बर्तमान अवस्थामा बालविवाह विरुद्धको साझा अभियान जिल्ला सन्जालले पालिकमै पुगेर सराेकारवालासहितकाे सहभागितामा मस्यौदा निर्माण गरिनु पालिकाकाे लागि धेरै महत्त्वपूर्ण उपलब्धि हुने उल्लेख गर्दै कानुनी ब्यवस्था अनुसार बीस वर्ष पुगेका बालबालिकाले मात्र विवाह गर्ने रचनात्मक कार्यकाे लागि प्रत्येक वडाले २० वर्षपछि विवाह गर्ने जाडिलाई सम्मान कार्यक्रम ल्याउन आग्रह गरे ।पालिकाले २०८५ भित्रमा बालविवाह मुक्त पालिका घाेषणा गरिने गरि मस्यौदालाई अन्तिम रुप दिएर प्रभावकारी कार्यान्वयनकाे लागि आबश्यक बजेट समेत विनियाेजन गरिने समेत पालिका अध्यक्ष राेकायले बताए ।
बालविवाह विरुद्धको साझा अभियान जिल्ला संयाेजक तथा ३ दिने कार्याशाला गाेष्ठीका सहजकर्ता रणबहादुर कार्कीले जगदुल्लाले बालविवाह विरुद्धको अभियान सफल बनाउन मस्यौदाकाे प्रभावकारी कार्यन्वयन आबश्यकतामा जाेड दिए ।उनले भने ” जगदुल्ला पालिका जिल्लाकै पहिलाे बालविवाह मुक्त पालिका बन्ने छ ,।बालविवाह विरुद्धको अभियान कार्यक्रम जिल्लाका दुई नगरपालिका त्रिपुरासुन्दरी,ठुलिभेरी र जगदुल्ला गाउँपालिकामा गरेर तीन स्थानीय तहमा परिक्षण कार्यक्रमका रुपमा संचालित छ ।