ताजा समाचार

मानव अधिकार संगठन, तेर्सो अधिवेशन सम्पन्न – अध्यक्षमा अधिवक्ता हमाल

विष्णुप्रसाद देवकोटा

डोल्पा दुनै। नेपाल मानव अधिकार संगठन, डोल्पा शाखाको तेर्सो जिल्ला अधिवेशन भव्य र गरिमामय वातावरणमा सम्पन्न भएको छ। अधिवेशनबाट अधिवक्ता पूर्ण प्रसाद हमाल सर्वसम्मत रूपमा शाखाको नयाँ सभापतिमा चयन भएका छन्। हमालको नेतृत्वमा नयाँ कार्यसमिति चयनसँगै संगठनको आगामी कार्यदिशा र उद्देश्य थप स्पष्ट पारिएको छ।

कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति डोल्पाका प्रमुख श्याम रोकाया रहेका थिए भने, नेपाल मानव अधिकार संगठनका केन्द्रिय अध्यक्ष इन्द्रप्रसाद अर्यालको विशेष उपस्थिति रहेको थियो। साथै, ठुलिभेरीनगरका नगरप्रमुख सुवर्ण बुढा प्रमुख जिल्ला अधिकारी राेमबहादुर महत प्रहरी नायव उपरिक्षक रुकबहादुर खड्का लगायतका जिल्ला भित्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय र अर्थपुर्ण सहभागीता  थियो।

सभापति चयनपछि अधिवक्ता हमालले जिल्लास्तरीय मानव अधिकार संरक्षण र प्रवर्द्धनलाई अझ सशक्त ढंगले अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे। उनका अनुसार, संगठनले जिल्लाभित्र घट्ने मानव अधिकार उल्लंघनका घटनाहरूको सूक्ष्म अध्ययन गरी सम्बन्धित सरकारी तथा गैरसरकारी निकायमा प्रतिवेदन पेश गर्नेछ। साथै, नागरिकमा मानव अधिकारप्रतिको चेतना अभिवृद्धि गर्दै सचेतना कार्यक्रम, प्रशिक्षण तथा सरोकारवाला निकायसँग सहकार्यमा विभिन्न गतिविधिहरू सञ्चालन गरिनेछन्।

मानव अधिकारको रक्षा, संवर्द्धन र संरक्षणको साझा यात्रामा संगठनले आगामी दिनहरूमा प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।

संगठनका केन्द्रिय अध्यक्ष अर्यालले डोल्पा जस्तो भौगोलिक रूपमा दुर्गम जिल्ला भित्र मानव अधिकारको अवस्था थप संवेदनशील भएको उल्लेख गर्दै, यस्ता क्षेत्रहरूमा संगठनको सक्रियता बढाउनु आवश्यक रहेको धारणा राखे।

कार्यक्रमले डोल्पा जिल्लामा मानव अधिकार अभियन्ताहरूलाई उत्साह र प्रेरणा दिएको छ। नयाँ कार्यसमितिको गठनसँगै मानव अधिकारको सवालमा संस्थागत रूपमै आवाज उठ्ने विश्वास लिइएको छ।निवर्तमान अध्यक्ष शान्ति कुमारी कार्कीले विशेष कार्यक्रमका साथ नवनिर्वाचित अध्यक्ष हमाललाई पदहस्तान्तरण गरेकी थिइन ।

तपाईको प्रतिक्रिया