नेपाल प्रहरीका आयन्स बहादुर अर्गाली मगर र राम बहादुर पुनको टोली प्रथम स्थान हाँसिल गरि नगद २० हजार प्रमाणपत्र र मेडल प्राप्त गरेको थियो भने जाजरकोटका खिम बहादुर रोकाया र दिपेश शाहीको टोली दोस्रो स्थान हाँसिल गरि नगद १५ हजार प्रमाणपत्र र मेडल प्राप्त गरे । त्यसैगरी डोल्पाका टेक बहादुर शाही र हरिलाल बुढाले तेस्रो स्थान हाँसिल गरि नगद १० हजार प्रमाणपत्र र मेडल प्राप्त गरेका छन । त्यस्तै महिला तर्फ दिलु केसी प्रथम स्थान हाँसिल गरि नगद १० हजार प्रमाणपत्र र मेडल प्राप्त गरिन भने जुनु हिराचनले दोस्रो स्थान हाँसिल गरि नगद ५ हजार प्रमाणपत्र र मेडल प्राप्त गरिन र देबु झाँक्रिले तेस्रो स्थान हाँसिल गरि नगद २ हजारका साथै प्रमाणपत्र मेडल प्राप्त गरिन ।
जम्मा ५ दिन डोल्ला जिल्ला व्याडिमन्टन संघले आयोजना गरेको खुल्ला व्याडिमन्टन प्रतियोगितामा उल्लेख्य खेलाडीहरुको सहभागिता रहेको थियो । निकै मैत्रिपूर्ण भएको खेलमा खेल खेल्न मात्रै नभएर खेलाडीहरुले आत्मियता साट्नुका साथै खेललाई थप सिकाइका रुपमा लिन पाएको डोल्ला जिल्ला व्याडिमन्टन संघका अध्यक्ष सागर बुढाले बताए । अध्यक्ष बुढाका अनुसार पहिलो आयोजना भएकाले धेरै कुराहरु सिक्न अवसरका रुपमा पाएको र आगामी दिनहरुमा थप ब्यवस्थित बनाउदै लैजाने समेत प्रतिबद्धता जनाए । जिल्ला समन्वय प्रमुख श्याम बहादुर रोकायाले उद्धघाटन गरेको प्रतियोगिता प्रमुख जिल्ला अधिकारी रोम बहादुर महतले समापन गरेका हुन । खेलाडीहरुलाई पूरस्कार वितरण गर्दै प्रमखु जिल्ला अधिकारी महतले भने खेलाीडीहरुको सहभागिता र खेल प्रतिको लगावले निकै उत्साहित रहेको छ आगामीदिनमा थप व्यस्थित बनाउन पर्ने र आफ्नो क्षेत्रबाट हुने सबै खाले सहयोग हुने बचनबद्धता समेत गरे ।