विष्णुप्रसाद देवकोटा
डाेल्पा।६ भदाै ।
सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड उप शाखा डाेल्पाले अनाथ आर्थिक विपन्न र अपांग बालबालिकालाई झाेला वितरण गरेकाे छ ।
साताै बार्षिकाेत्सवकाे अवसर पारेर सुर्खेत शाखा र उप शाखा डाेल्पाले संयुक्तरूपमा डाेल्पाकाे दुनैस्थित मुकुटेश्वर अपाङ सेवा समिति मातहतमा अध्यानरत अपाङ आर्थिक विपन्न २२ जना र आमाबुबा नभएका अनाथ १० जना गरेर ३२ जना बालबालिकालाई झाेला वितरण गरिएकाे हाे ।
यसैगरि ठुलिभेरीनगरपालिका- वडा ३ काे कार्यालय मुकुटेश्वर अपाङसेवा समितिकाे कार्यालय लगायत सार्वजनिक स्थानमा रहने गरि फाेहाेर मलाई भन्ने लेखिएका स्टयाङकल सहितका बाल्टी १० ओटार फाेहाेर उठाउदा लगाउने हाते पन्जा १०० माक्स २०० पिस समेत वितरणा गरिएकाे सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड उप शाखा डाेल्पाका प्रमुख लाेकेन्द्र राेकायाले जानकारी दिनु भयाे ।
ठुलिभेरीनगरपालिका- ३ वडा कार्यालय नजिक सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड रहेकाे कार्यालयकाे परिसरमा जिल्ला समन्वय समितिका प्रमुख श्यामबहादुर राेकाया उपप्रमुख तेजेन्द्र बुढा नागरिक समाजका अध्यक्ष शेर बहादुर बुढा ठुलिभेरी नगरपालिका – ३ र १ का वडाअध्यक्ष भक्त बहादुर भण्डारी तेजबहादुर राेकाय र वरिष्ठ अभिकर्ता बुद्धिमान बुढा लगायतकाे राेहवरमा शैक्षिक सामाग्री तथा फाेहाेर ब्यवस्थापन सामाग्री वितरण गरिएकाे थियाे ।