विष्णुप्रसाद देवकोटा
डाेल्पामा पहिलाे पटक एकल गायन तथा एकल गायन प्रतियोगिता सम्पन्न भएकाे छ ।सामाजिक विकास कार्यालय डाेल्पाकाे आयाेजनामा जिल्ला स्तरीय प्रतिभा पहिचान कार्यक्रम अन्तर्गत उक्त कार्यक्रम सम्पन्न भएकाे हाे ।
आइतबार सदरमुकाम दुनै बजारमा आयाेजित कार्यक्रममा जिल्लाका १० वटा माध्यमिक बिधालयका बालबालिकाले एकल गायन र एकल नृत्यमा सहभागीता जनाएका थिए ।
जिल्लास्तरीय प्रतिभा पहिचान प्रतियोगितामा एकल गायन तर्फ अरनिको माध्यमिक बिधालय काइकेका गणेश बुढा प्रथम ,लक्ष्मी मावि थरगाउका सुमन राेकाया द्वितीय , त्रिपुराकोट माध्यमिक बिधालय मदुका शुसान्त बुढा तृतीय भए ।यसैगरी जनप्रभा माध्यमिक बिधालय लिकुकी प्रशंसा थापा सान्त्वना भईन।
यस्तै एकल नृत्य तर्फ त्रिपुरा माध्यमिक बिधालय काटिया चौरका कृष्णा बोहरा प्रथम आदर्श माध्यमिक बिधालय जुफालकी आकृती शाही द्दितिय र अरनिको माध्यमिक बिधालय काइकेका प्रेमा राेकाया तृतीय भए ।यसैगरी सरस्वती माध्यमिक बिधालय दुनैकी माया शाही सान्त्वना भईन ।
सामाजिक विकास कार्यालय डाेल्पाका प्रमुख धनबहादुर शाहीकाे अध्यक्षतामा सञ्चालित जिल्लास्तरीय प्रतिभा पहिचान कार्यक्रममा जिल्ला समन्वय समिति डाेल्पाका प्रमुख श्यामबहादुर राेकाया, ठुलीभेरी नगरपालिका डाेल्पाका नगर प्रमुख सुवर्ण कुमार बुढा, प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहाल, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु, विभिन्न कार्यालयका प्रमुख र विभिन्न विधालयका शिक्षक विधार्थीहरुकाे सहभागीता रहेकाे थियाे ।