काठमाडौं ।सरकारकाे निर्णय विपरीत कृयि तथा पशुपंक्षि विका मन्त्री डाक्टर मदन कुमार परियारले स्वकीय सचिव नियुक्ति गरेका छन ।तर अन्तरिम सरकारले अस्थायी तथा करार सेवामा भएका सबै नियुक्ति र सम्झौता रद्द गर्ने, ‘ठेक्का सम्झौता’ र ‘बाह्य सेवा प्रयोगबाट हुने कामलाई स्थायी स्वरूप नदिने, तथा स्वीकृत दरबन्दीबाहेक नयाँ नियुक्ति नगर्ने निर्णय आधिकारिक रूपमा सार्वजनिक गरिसकेको छ।
तर कृषि मन्त्रीले सो निर्णयको अवहेलना गर्दै आफ्नै मन्त्रालयमा स्वकीय सचिवसहित अन्य कर्मचारी नियुक्त गरेको तथ्य सार्वजनिक भएको छ। मन्त्रीको यो कदम सरकारकै निर्देशन र बजेट खर्च कटौती नीतिसँग स्पष्टत: बर्खिलाप हुनेगरी गरिएको देखिन्छ।
अर्थ मन्त्रालयले हालै सार्वजनिक गरेको १२ बुँदे खर्च कटौती योजनामा भूमिसम्बन्धी आयोग खारेजीदेखि सुरक्षासम्बन्धी संयन्त्र मिलाउने, राजस्व चुहावट नियन्त्रण गर्ने, र अस्थायी/करार सेवामा रहेका नियुक्ति खारेज गर्ने विषय समावेश थियो। सोही निर्णयअनुरूप मुसिकोट नगरपालिकाले समेत आफ्ना अस्थायी तथा करार सेवामा रहेका कर्मचारीको सम्झौता रद्द गर्ने सूचना जारी गरिसकेको छ।
यता, कृषि मन्त्रीले स्वकीय सचिवलगायतका नियुक्ति गरेपछि अन्तरिम सरकारभित्रै नीतिगत एकरूपता र सुशासनप्रति प्रश्न उठेको छ। खर्च कटौती र संरचनागत सुधारतर्फ सरकार अघि बढिरहेको बेला व्यक्तिगत स्वार्थमा गरिएको यो नियुक्तिले आलोचना चुलिएको छ।
विवाद बढ्दै गएपछि मन्त्रीको उक्त निर्णय खारेज गरिने वा नगर्ने विषयमा सरकारले चाँडै निर्णय लिने तयारी गरेको बताइएको छ।

डोल्पा न्यूज । ११ आश्विन २०८२, शनिबार १३:०५