ताजा समाचार

एसईई नतिजा:डोल्पाबाट ७४६ मध्ये २४७ मात्र उत्तीर्ण, विद्यालयको गुणस्तरप्रति चिन्ता

विष्णुप्रसाद देवकोटा

डाेल्यपा।यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा डोल्पा जिल्लाबाट सहभागी भएका ७ सय ४६ जना विद्यार्थीमध्ये २ सय ४७ जना मात्र उत्तीर्ण भएका छन्।

शिक्षा विकास तथा समन्वय इकाई डोल्पाका प्रमुख डायमण पुनका अनुसार, साधारण धारतर्फ १ सय ८८ जना र प्राविधिक धारतर्फ ५९ जना मात्र सफल भएका हुन्।

जिल्लाका १९ वटा साधारण माध्यमिक विद्यालय र ४ वटा प्राविधिक धारतर्फका विद्यालयबाट विद्यार्थी सहभागी भएका थिए।

साधारण धारतर्फ त्रिपुरा मावि काईगाउँबाट ४७ मध्ये १३, सरस्वती मावि दुनैबाट ७० मा १३, जनप्रभा मावि लिकुबाट ४७ मा ९, आदर्श मावि जुफालबाट ६९ मा २३, कालिका माविबाट ३९ मा ८, सरस्वती मावि सुँबाट ३७ मा ५, अन्नपूर्ण मावि सर्मिबाट ४२ मा १२, त्रिपुराकोट माविबाट ५० मा २१, तापरिचा मावि फोक्सुण्डोबाट १७ मा सबै उत्तीर्ण, क्रिस्टल माउन्टेन माविबाट २३ मा २१ जना सफल भएका छन्।

तर, लक्ष्मी मावि माझफालबाट १३ जना सहभागीमध्ये कुनै पनि विद्यार्थी उत्तीर्ण हुन सकेनन्।

प्राविधिक धारतर्फ त्रिपुरा मावि काईगाउँबाट ६, जनप्रभा मावि लिकुबाट ८, कालिका माविबाट १२, र अरनिको मावि शहरताराबाट ३३ जना सफल भएका छन्।

शिक्षाविद्हरूका अनुसार डोल्पाका सामुदायिक विद्यालयहरूको शिक्षण गुणस्तरमा निरन्तर गिरावट आउनु गम्भीर चिन्ताको विषय हो। बर्षेनि घट्दो सफलता दरले सम्पूर्ण शैक्षिक प्रणाली पुनरावलोकनको आवश्यकता औंल्याएको छ।

तपाईको प्रतिक्रिया