विष्णुप्रसाद देवकोटा
न्याय सम्पादनकाे अभ्यासबारे जानकारी लिने उद्देश्यले त्रिपुरासुन्दरी नगरपालिका न्यायिक समितिले अन्तर प्रदेश न्यायिक समितिकाे भ्रमण गरेकाे छ ।
त्रिपुरासुन्दरी नगरपालिकाका उपप्रमुख तथा न्यायिक समिति संयाेजक देवि घर्तीकाे नेतृत्वमा तीन सदस्यीय टाेलिले अन्तर प्रदेश जिल्लामा रहेका न्यायिक समितिकाे भ्रमण गरेकाे हाे ।
भ्रमण टाेलिले पाेखरा महानगरपालिकामा रहेकाे न्यायिक समितिले न्याय सम्पादनमा गरेकाे अभ्यासकाे बारे न्यायिक पदाधिकारी र कर्मचारीहरुसंग समेत भेटेर अनुभव साटासाट गरेकाे छ ।
भ्रमणकाे क्रममा पाेखरा महानगरपालिकाका उपमेयर तथा न्यायिक समिति संयाेजक मन्जु गुरूड सहित कानुनि परामर्शदाता र वडाअध्यक्षहरुसंगकाे प्रत्यक्ष भेटघाटमा मेलमिलाप गराउदा र गर्दा आइपर्ने समस्या न्याय सम्पादनकाे चरण लगायत कानूनी प्रकृया अपनाउदा खेल्नु पर्ने भूमिकाका बारे अनुभव अभ्षासकाे जानकारी लिइएकाे भ्रमण टाेलिका सदस्य रणबहादुर बुढाले जानकारी दिनु भयाे ।
सुगम ब्यवस्थित र सुविधा सम्पन्न महानगरपालिका न्यायिक समिति र दुर्गम क्षेत्रका न्यायिक समितिकाे न्याय सम्पादन प्रकृयामा हुने गरेका भिन्नता आईपर्ने समस्याका बारेमा जानकारी लिने अवसर प्राप्त भएकाे र भ्रमणले जिल्लामा न्याय सम्पादनमा सहयाेग पुर्याउने समेत बुढाले बताउनु भयाे ।
यसैगरी काठमाडौं महानगरपालिकाकाे न्यायिक समितिमा समेत पुगेर न्याय सम्पादनमा प्रयाेग गरिएकाे नविनतम अभ्यास न्याय सम्पादनमा देखिएका समस्या समाधानका उपाय लगायका न्यायिक कार्यकक्ष घटना अभिलेखिकरण गर्ने ब्यवस्थापकीय पक्षकाे समेत जानकारी हासिल गरेर भ्रमण टाेलि जिल्ला फिर्ता भएकाे न्यायिक समितिकाे कार्यालय त्रिपुराकाेटले जनाएकाे छ ।
भ्रमण टाेलिमा न्यायिक संयाेजक घर्ती सदस्यहरुमा ज्ञानबहादुर बुढा र रणबहादुर बुढा सहभागी हुनु भएकाे थियाे ।पाेखरा महानगरपालिका उपप्रमुख मन्जु गुरुङले डाेल्पाली न्यायिक समितिका पदाधिकारीलाई मायाकाे चिनाे सम्झना स्वरुप प्रदान गर्नु भएकाे थियाे ।