ताजा समाचार

डाेल्पाकाे यार्सा पाटनमा जाजरकोटका युवकको मृत्यु

डोल्पा — यार्सागुम्बा संकलन गर्न डोल्पाकाे पाटनमा पुगेका जाजरकोटका एक युवकको मृत्यु भएकाे छ ।उनकाे नावरपानी बन क्षेत्रमा निधन भएको हाे।जाजरकोट जिल्ला नलगाड नगरपालिका वडा नं ८ का १९ वर्षीय धन बहादुर विकको  मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ।

धन बहादुर यार्सागुम्बा टिप्नका लागि काईके गाउँपालिका क्षेत्र भित्र पर्ने नावरपानी वन क्षेत्रमा गएका थिए ।घटनापछि डोल्पा जिल्ला काईके गाउँपालिका अन्तर्गत पर्ने बन्ठाडा उरुटोल प्रहरी चौकीका इञ्चार्ज महेश महराको नेतृत्वमा खटिएको प्रहरी टोलीले मृतकको शव फेला पारी उद्धार गरेको हाे।

प्रहरी टोलीले दुर्गम भौगोलिक अवस्थाका बाबजुद मृतकको शव आफैं बोक्दै सुरक्षित रूपमा जिल्ला सदरमुकाम दुनै  पुर्‍याएको जनाएको छ।

तपाईको प्रतिक्रिया