विष्णुप्रसाद देवकोटा
दुर्गम डोल्पाका दुइ आधारभूत विद्यालयका बालबालिकाहरूको अनुहारमा यसपटक केही फरक चमक देखियो। कारण थियो—काठमाडाैंस्थित ‘दाैतरी’ नामक सहयाेगी संस्थाबाट प्राप्त शैक्षिक सामग्री तथा विद्यालय पोशाक।
त्रिपुरासुन्दरी नगरपालिका–१, त्रिपुराकाेटस्थित हिमज्योति आधारभूत विद्यालयका बालबालिकालाई लक्षित गर्दै संस्थाले झोला, जुत्ता, कपि–कलमदेखि स्कुल ट्रयाकसुटसम्मका सामग्री वितरण गरेको हो।
संस्थाका प्रतिनिधि याेङटेन ग्यास्टाेले वितरण कार्यक्रममा सहभागि हुँदै भने,
“सानो सहयाेगले पनि अनाथ, गरिब र दीनदुःखी बालबालिकालाई धेरै राहत मिलोस् भन्ने सोचले यो अभियान गरेका हौँ।”
प्रदान गरिएका सामग्रीहरू यसप्रकार छन्:
सामग्री
परिमाण
कपी
१०० दर्जन
कलम
२२ पिस
पेन्सिल
७३ पाकेट
मसि
२२ पिस
झोला
७४ पिस
जुत्ता
७४ जोड़ा
स्कुल ट्रयाकसुट
७४ पिस
कलर पेन्सिल
२५ पाकेट
ज्यामेट्री बक्स
४३ पिस
व्हाइट बोर्ड
३ पिस
कालो मार्कर
३ बाकस
इरेजर बक्स
५ थान
सापनर बक्स
थुप्रै
“सानो सहयाेग, ठूलाे प्रभाव”
वितरण कार्यक्रममा त्रिपुरासुन्दरी नगरपालिकाकी उपप्रमुख देवी घर्तीले विशेष सहभागिता जनाउँदै भनिन्,
“सानाे देखिने यस्ता सहयोगहरूले शैक्षिक क्षेत्रमा ठूलाे प्रभाव पार्दछन्। यी सामग्रीले बालबालिकाको पठनमा सहजता ल्याउने छ।”
विद्यालयका प्रधानाध्यापक मनबहादुर बस्यालले पनि संस्थाप्रति आभार व्यक्त गर्दै भने,
“कपि–कलम र झोला नभएकै कारण धेरै विद्यार्थी विद्यालय आउन नसक्ने अवस्था हुन्थ्यो। दाैतरी संस्थाको यो सहयोगले अब वर्षभरि ती सामग्रीको अभावमा कोही पनि वञ्चित हुने छैन।”
यो पहलले दुर्गम पहाडी जिल्लामा रहेका बालबालिकाको शिक्षामा आशाको किरण थपेको छ। सहयोगकर्ता संस्था ‘दाैतरी’ र स्थानिय तहबीचको सहकार्यले अझै धेरै बालबालिकाको भविष्य उज्यालो हुने विश्वास लिइएको छ।यसैगरि रल्लीगाउस्थित महाकवि देवकोटा आधारभूत विद्यालयमा अध्यानरत बालबालिकालाई पनि शैक्षिक सामाग्री तथा विद्षालय ड्रेस वितरण गरिएकाे सहयाेगी संस्थाका याेङ्टेन ग्यस्टाेले जानकारी दिए ।

डोल्पा न्यूज । २७ असार २०८२, शुक्रबार १७:०८