डाेल्पान्युज
डोल्पा, भदौ १२ – हालै मात्र नख्खु कारागारबाट सरुवा भई डोल्पा पुगेका प्रमुख जिल्ला अधिकारी भीमराज कोइरालाले जिल्लाका विभिन्न सरोकारवाला निकायसँग भेटघाट गरी समग्र जिल्लाको अवस्था बारे जानकारी लिएका छन्।
जिल्ला समन्वय समिति, स्थानीय तहका प्रमुख, राजनीतिक दलका नेता, नागरिक समाज, उद्योग वाणिज्य संघ, स्वास्थ्य, पूर्वाधार, वन, रेडक्रस लगायतका प्रतिनिधिहरूसँगको छलफलमा प्रशासनिक गतिविधि, यातायात, विद्युत, संचार, विपद् व्यवस्थापन, अनियमितता नियन्त्रण र विकास निर्माणका विषयमा सुझाव आदानप्रदान भएको थियो।
प्रजिअ कोइरालाले नागरिकको आवश्यकता र सहजतालाई प्राथमिकता दिँदै निष्पक्ष र भेदभावरहित सेवा प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गर्दै, “आँखाले देखिने विकासको जिम्मा तपाईँहरूको हो, तर मनले महसुस हुने सेवा दिने जिम्मा मेरो हो,” भन्दै सबै सरोकारवालासँग मिलेर साझा समस्याको समाधानमा काम गर्ने बताएका छन्।

डोल्पा न्यूज । १२ भाद्र २०८२, बिहीबार २०:१८