डोल्पाको ठुलीभेरी-४ को मष्टा भवानी सामुदायिक वनमा आगो निभाउने क्रममा घाइते भएका एक सैनिक जवानको मृत्यु भएको छ। उनको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको डोल्पाका प्रहरी नायब उपरीक्षक हरिकृष्ण केसीले बताए।
मृत्यु हुनेमा जुम्ला तातोपानी-४ स्थायी घर भई देविदत्त गुल्म दुनैमा कार्यरत २८ वर्षीय हेमन्त रावत रहेको केसीको भनाइ छ। जिल्ला अस्पतालमै उपचाररत काभ्रे जिल्ला घर भएका ३८ वर्षीय जम्दार केशरबहादुर मगरको अवस्था चिन्ताजनक रहेको प्रमुख केसीले बताए।
उनीहरूलाई उपचारका लागि नेपालगञ्जको भेरी अस्पताल लैजान आएको हेलीकोप्टर रात परेपछि सदरमुकाममै रहेको प्रहरी जनाएको छ।
घाइते भएका ३० वर्षीय विजय कोइराला र २३ वर्षीय आशिष बुढालाई पहिलो चरणमा नेपाली सेनाको हेलीकप्टरमार्फत नेपालगञ्ज पठाइएको छ। आइतबार दिउँसो ब्यारेकको फोहोर जलाउने क्रममा अत्याधिक हावाहुरी लागेपछि आगो वनमा सल्किएको थियो।आइतबार निभाइसकेको आगो सोमबार पुन सुरु भएपछि सैनिकहरू निभाउन गएका थिए।साेमबार आगाे निभाउने क्रममा १६ जना घाईते सैनिक मध्य चार जनाकाे अवस्था गम्भीर थियाे ।