सदस्यता नविकरण तथा नयाँ सदस्यताकाे विषयलाई लिएर महासंघ जिल्लामा विवादकाे विजाराेपण भएकाे छ ।पत्रकार महासंघ केन्द्रीय कार्यालयले केही दिन अघि सार्वजनिक गरेकाे सदस्यता नामावलीमा जिल्ला शाखावाट सिफारिस नभएका गैह् ब्यक्तिलाई कर्णाली प्रदेश नेतृत्वले चाेरवाटाेवाट पत्रकार महासंघ डाेल्पा शाखाकाे सदस्यता वनाएकाे सार्वजनिक भएपछि जिल्ला शाखामा विवादकाे विजाराेपण भएकाे हाे ।
पत्रकार महासंघ कर्णाली प्रदेश नेतृत्वले पत्रकार महासंघ सदस्यता सुदृढीकरण अभियानकाे नाममा जिल्ला शाखाले सिफारिस गरेका पुराना सदस्यताकाे नविकरण नगरि चाेरवाटाेवाट गैह्र ब्यक्तिलाई नयाँ सदस्यता थप गरेपछि असाेज २८ गते बसेकाे महासंघ जिल्ला शाखाकाे बैठकले प्रदेश नेतृत्वको आलोचना गर्दै उक्त निर्णय पर्ति आपत्ति जनाएकाे छ ।
- महासंघका जिल्ला अध्यक्ष सराेज थापा र सचिव लेख बुढाकाे संयुक्त हस्ताक्षर सहितकाे विज्ञप्ति समेत सार्वजनिक भएकाे छ ।विज्ञप्तिमा जिल्ला शाखाकाे निर्णय नमानेर सिधै प्रदेश नेतृत्वबाट नै सदस्यता थप घट वा मनपरि गर्ने हाे भने वर्तमान प्रदेश नेतृत्व जिल्लामा आएर राजनिती गर्न समेत भनिएकाे छ ।सबै काम प्रदेश नेतृत्वले गर्ने भए जिल्ला शाखाकाे के काम ?जिल्ला शाखाकाे सिफारिस बाहिर गएर यसर्थ प्रदेश नेतृत्ववाट भएकाे गलत बाटाेकाे प्रक्रिया नसच्चाए जिल्ला शाखालाई सार्वजनिक भएकाे नामवली मान्य नहुने समेत विज्ञप्तिमा उल्लेख छ ।नयाँ सदस्यता थप भएकाे सम्बन्धमा पर्देश सभापति देविराम देवकोटासंग जिज्ञासा राख्दा आफुले प्रदेशसंग भएकाे अधिकार प्रयाेग,तथा आफुहरुले सदस्यता माग गर्दा जिल्ला शाखाले आनाकानी गरेकाले सुर्खेतस्थित प्रदेश महासंघमा आएका हाै हामी क्रियासिल हाै भनी निवेदन दिएकाले कार्यान्वयनका लागि केन्द्रमा सिफारिस गरेकाे देवकोटाले बताए ।यदि गैह् ब्यक्ति हुन भने जिल्ला शाखाबाट आबश्यक प्रक्रिया अगाडि बढाएमा केन्द्रमा छलफल हुने पनि प्रदेश सभापति देवकोटाले बताए ।सदस्यता थप गर्ने सम्बन्धमा आफ्नाे कुनै कुसित मनसाय नरहेकाे पनि उनकाे भनाई थियाे ।