ताजा समाचार

डाेल्पामा ७६ औ मानवअधिकार दिवस तथा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान विविध कार्यक्रमका साथ सम्पन्न 

डाेल्पान्युज डेक्स

डाेल्पा,मङ्सिर २५ गते ।७६ औ मानवअधिकार दिवस तथा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान डाेल्पामा विभिन्न कार्यक्रम गरेर सम्पन्न भएकाे छ ।

अभियानकाे  समापनमा जगदुल्ला गाउपालिका महिला बालबालिका शाखाकाे आयाेजनामा जनचेतनामूलक सडक नाटक सन्देशमुलक नारा सहित विभिन्न सन्देशमुलक कार्यक्रम गरेर समापन गरिएकाे शाखा प्रमुख सविना बाेहाेराले जानकारी दिनु भयाे ।

यसैगरी ७६ औ मानवअधिकार दिवस तथा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान  समापनकाे दिन विभिन्न नारा अंकित प्लेकार्ड र ब्यानर सहित सदरमुकाम दुनै बजारमा प्रभातफेरी गरिएकाे थियाे ।

७६ औ मानवअधिकार दिवस तथा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानकाे अवसरमा डाेल्पाकाे सदरमुकाम दुनैमा डाेल्पामा वाकथोन र मानवअधिकारका लागि म्याराथन प्रतियोगिताकाे समेत आयाेजना गरिएकाे थियाे ।

जिल्ला समन्वय जिल्ला प्रशासन कार्यालय जिल्ला प्रहरी कार्यालयकाे आयाेजना तथा गैरसरकारी संस्था महासंघ महिला सशक्तीकरण केन्द्र बालअधिकार विरुद्धको साझा सन्जाल र सामाजिक विकास कार्यालयकाे सहकार्यमा कार्यक्रम भएकाे थियाे ।

वाकथोन र मानवअधिकारका लागि म्याराथन प्रतियोगिताकाेमा सहभागी सरस्वती माध्यमिक विद्यालय दुनैका कक्षा ८, ९ र १० का ५० जना छात्राहरुले सहभागी  जनाएका थिए ।

जस अन्तर्गत प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्नेलाई क्रमश ५ हजार ३ हजार २ हजार र १ हजारका दरले  पुरस्कार वितरण गरिएकाे गैसस महासंघका अध्यक्ष रणबहादुर कार्कीले जानकारी दिनु भयाे ।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना कक्षा १० अध्ययनरत सरस्वती भण्डारी, कक्षा १० मै अध्ययनरत विष्णु बिक, करिष्मा रोकाया र कक्षा ९ मा अध्ययनरत निरुता रोकायाले सान्त्वना स्थान हासिल गर्नु भएको थियो ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!