ताजा समाचार

जाजरकोट भेरी नगरपालिकामा ८ जनामाथि भ्रष्टाचार मुद्दा

डाेल्पान्युज डेक्स

जाजरकोट भदौ १२ गते ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जाजरकोटको भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्ती, इन्जिनियर मोहन मल्लसहित ८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
वडा नं. ६, ९ र १० का कार्यालय भवन निर्माणको ठेक्का प्रक्रियामा अनियमितता गरी ३६ लाख २० हजार रुपैयाँ हिनामिना गरेको आरोप अख्तियारले लगाएको हो। मुद्दामा निर्माण व्यवसायी गंगा कुमारी खड्का र चित्रबहादुर बोहरा समेत संलग्न छन्।

तपाईको प्रतिक्रिया