याैन तथा प्रजनन स्वास्थ्य र अधिकारका बिषयमा जिल्लास्थित संचारकर्मीहरुलाई क्षमता अभिबृद्दि गर्ने उदेश्यले संचालित दुई दिने तालिम सम्पन्न भएकाे छ ।
किशोरी सशक्तीकरण परियाेजना अन्तर्गत समाज जागरण केन्द्र ( स्याक)नेपालकाे आयाेजना प्लान इन्टरनेशनल नेपाल र जर्मन कर्पाेरेसनकाे सहयाेग तथा नेपाल पत्रकार महासंघ डाेल्पा शाखाकाे सहकार्यमा सदरमुकाम दुनैस्थित ब्ल्युसिप हाेटलमा चैत १ गतेबाट तालिम शुरु भएकाे थियाे।
ग्रामीण भेगमा पुगेर याैन तथा प्रजनन स्वास्थ्य र अधिकारका विषयमा गरिने रिपोर्टिङका बारेमा पत्रकारहरुलाई प्रशिक्षण दिइएकाे थियाे ।
संचारकर्मीहरुले समाजमा सकरात्मक सन्देश कसरी दिन सकिन्छ। समाचार सम्पादन , खाेज पत्रकारिता तथा सामाग्रीहरुका आधारहरु केके हुन, कार्यक्रमहरु निर्माण गर्दा कथा बिषय बस्तु कसरी छनाैट र निर्माण गर्ने, प्रविधिलाई कसरी प्रयाेग गर्न सकिन्छ भन्ने बिषयमा सहभागीहरुलाई प्रशिक्षक सविन सिंले सहजकर्ताकाे भूमिका निभाउनु भएकाे थियाे ।
अन्धविश्वास र पुरातन सांस्कृतिक चलन लगायतका कारणले ग्रामीणबस्तीमा हुने गरेका बाल बिवाहा, महिला हिंसा , महिला तथा किशोरीलाई हुने प्रजनन स्वास्थ्य र अधिकारका बिषयमा संचारकर्मीहरुले समाचार तथा लेख रचना, श्रब्य दृश्य मार्फत समाजमा के कसरी ल्याउन सकिन्छ भन्ने बिषयमा जाेड दिईएकाे थियाे।याैन तथा प्रजनन स्वास्थ्य र अधिकार सम्बन्धि तालिम शिर्षक भएता पनि समग्र बिषय बस्तुमा जान्ने अवसर प्राप्त भएकाे नेपाल पत्रकार महासंघ डाेल्पाका अध्यक्ष सराेज थापाले बताउनु भयाे।
प्रमुख जिल्ला अधिकारी राेम बहादुर महतले तालिम समापन समारोहमा शुभकामना व्यक्त गर्दै कानुनमा भएकाे बिषयलाइ कार्यान्वयन गर्नु प्रत्येक व्यक्तिको दायित्व रहेकाे बताउनु भयाे। खाेज पत्रकारिताकाे क्रममा सुरक्षामा कुनै समस्या भए प्रशासनले सुरक्षा दिने प्रजिह महतले प्रतिवद्दता जनाउनु भयाे ।
याैन तथा प्रजनन स्वास्थ्य र अधिकारका बिषयमा डाेल्पाका विभिन्न स्थानमा जिल्लाका पत्रकारहरु संग सल्लाह सहकार्य गर्न तयार रहेकाे स्याक नेपाल डाेल्पाका प्रमुख प्रेम सिंह ठकुरीले बताउनु भयाे।
डोल्पा न्यूज । २ चैत्र २०८१, शनिबार २१:५८