विष्णुप्रसाद देवकोटा
ठुलिभेरीनगरपालिकाकाे जुफालमा जातिय लैङिगक विभेद बालविवाह लगायत घरेलु र सामाजिक हिंसा न्युनिकरणका लागि सराेकारवासंगकाे अन्तरक्रिया सम्पन्न भएकाे छ ।महिला सशक्तीकरण केन्द्र डोल्पा र केडको सामुहिक सहकार्यमा १ दिने समन्वय र अन्तरक्रिया बैठक सम्पन्न भएकाे हाे ।
जिल्ला ठूलीभेरी नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष मनराम ठकुल्लाको अध्यक्षामा वडा नम्बर-८ डोल्पामा सरोकारवालाहरुसँगको समन्वय र अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएकाे महिला सशक्तीकरण केन्द्र डाेल्पाले जनाएकाे छ ।कार्यक्रममा वडाका सबै जनप्रतिनिधि
सामुदायिक वन उपभोक्ता समिति, जुफाल स्वास्थ्य चौकी, प्रहरी चौकी, नमूना कृषि समह, विद्यालयका शिक्षकहरु,लगायत वडाबासी र महिला सशक्तीकरण केन्द्र र केडका कर्मचारी सहित सामाजिक अभियन्ता सहित ३३ जनाकाे सहभागिता रहेकाे थियाे ।
संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रमको सहयोग र महिला सशक्तीकरण केन्द्र मार्फत सञ्चालित सामाजिक न्यायको लागि लडाई र महिला सशक्तीकरण परियोजना अन्तर्गत समाजमा व्याप्त रहेको जातीय लैङ्गिक विभेद, बालविवाह, घरायसी र सामाजिक हिंसाको बारेमा कानुनी व्यवस्था, सामाजिक अवस्था लगायतका विषयमा सहभागीहरु विच अन्तरक्रिया र अनुशिक्षण गरिएकाे थियाे ।
वातावरणीय कृर्षि तथा विकास केन्द्र/कर्णाली जनजीविका सशक्तीकरण कार्यक्रमका लिला टमाटा र दशरथ रावलले समाजमा भए गरेका जातीय हिंसा तथा विभेदको विषयमा थप स्पष्ट पार्नुका साथै जातीय विभेदलाई रोक्नको लागि सबैको सहयोग र सहकार्यको खाँचो रहेकाे औल्याउनु भएकाे थियाे ।
नीति ऐन कानुन र कार्यविधिहरु पर्याप्त निर्माण भई कार्यान्वयनमा रहेतापनि समाजमा अझै जातीय विभेदका घटनाहरु दिनहु घटिरहनु र घटेका घटनाहरु उपर नियमन निकायहरुमा दर्ता नहुनु जस्ता समस्याहरु रहेको टिप्पणी उहांहरुकाे थियाे।
वडावाट प्रवाह भएका र गरिने सेवा सुविधाहरुको बारेमा पनि गहन समीक्षा गरिनुका साथै सेवाप्रवाहलाई अझ कसरी गुणस्तरीय, प्रभावकारी र समतामूलक तरिकाले सम्पादन गर्न सकिन्छ भन्नेमा गम्भिर हुनु पर्ने लिला टमाटाकाे भनाई थियाे ।
सामाजिक अभियन्ता रणबहादुर कार्कीले सामाजिक र कानुनी रुपमा दण्डनीय अपराधको रुपमा रहेको बालविवाह, जातीय विभेदको बारेमा थप स्पष्ट पार्दै यदि कसैले जातीय वा बालविवाह गर्न वा गराउन सहयोग गरे वा गराइएमा कानुनी सजायको भागिदार बन्नुपर्ने र जसका लागि वडा सरकार थप जिम्मेवार र अग्रगामी भई चुलोदेखि चिहान सम्मका सेवाहरुलाई जनमुखी र मानवमैत्री बनाउनु पर्नेमा जाेड दिनु भयाे ।
हिंसा र विभेदन्य अधिकार हनन् र बालविवाह जस्ता जघन्य अपराधका घटनाहरुमा पिडिंतको पक्षबाट सरकारी निकाय आफै कानुनी उपचारमा लाग्ने उल्लेख गर्दै पीडितकाे राहतका लागि जिल्ला अदालतमा बैतनिक वकिलको समेत व्यवस्था रहेको हुँदा सो निःशुल्क कानुनी सहयोग र सेवा लिन जागरुक हुनु पर्ने रणबहादुर कार्कीले बताउँनु भयो ।
उमेरका हिसाबले सबैभन्दा कनिष्ठ तर अनुभव र अभ्यासका हिसावले कर्मचारी संयन्त्र समेतमा पनि भिजेका, बुझेका र व्यवहारमा पनि अधिकतम प्रदर्शन गरेका विषयवस्तुमा निकै चासो र चिन्तन गर्ने प्रतिनिधिका रुपमा पनि चिनिने वडाध्यक्षले यस प्रकारका छलफल र समीक्षा कार्यक्रमले थप सेवाको गुणस्तर सुधारमा सहयोग पुग्ने हुँदा निरन्तर यस्ता गतिविधिहरु संचालन गर्नुपर्ने आवश्यकता कार्कीले औल्याउनु भयो ।
वडाअध्यक्ष मनराम ठकुल्लाले हामी सबैको साझा शत्रुको रुपमा रहेको सामाजिक विभेद, लिङ्गको आधारमा हुने हिंसा, सांस्कृतिक र धार्मिक मानव अधिकार विरुद्धका कुरुतिहरु र बालविवाह जस्ता जघन्य अपराधलाई रोक्न सबैको ऐक्यवद्धता र सहभागिता हुनुपर्ने आफ्दा धारणा पेश गर्नुभयो ।
अन्तमा वडाध्यक्ष ठकुल्लाले हामी सबैले एकआपसमा दोषारोपण नगरी सबैले जिम्मेवारी बोध गरी कार्यगर्दा पक्कैपनि सामाजिक न्याय र सुशासन स्थापित गर्न सकिने विश्वास व्यक्त गर्दै सबैको सहभागिता र सुझाबका लागि आग्रह गर्नु भयाे ।