ताजा समाचार

मुड्केचुला अध्यक्ष कप: पुरुष भलिबल तर्फ नलगाड १३ र जगदुल्ला ४ विजयी 

पुर्ण सार्की/डोल्पा। डोल्पाको मुड्केचुलामा जारी अध्यक्ष कप खेलकुद प्रतियोगिताको भलिबल तर्फ जाजरकोटको नलगाड १३ र जगदुल्ला ४ को भलिबल टिम विजयी भएका छन्।

मंगलबार भएको समूह स्तरको पहिलो खेलमा नलगाड १३ ले मुड्केचुला गाउँपालिका डोल्पाको’ए’ टीमलाई पराजित गर्दै जीत  हासिल गरेको छ।

त्यस्तै आज नै भएको दोश्रो खेलमा जगदुल्ला गाउँपालिकाको ३ लाई पराजित गर्दै सोही पालिका ४ नं वडाको भलिबल टिमले प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ।

प्रतियोगिताको दोश्रो दिनमा गरिएको खेलमा महिला भलिबल तर्फ मुड्केचुला गाउँपालिकाकै वडा नं ६’ए’को भलिबल टिमले सोही पालिकाको ७ नं वडाको भलिबल टिमलाई हराउँदै जीत हासिल गरेको छ।

त्यस्तै आज नै भएको महिला भलिबल तर्फको खेलमा मुड्केचुला ८ ‘बि’ ले सोही पालिकाको वडा नं ६ को टिमलाई हराउँदै जीत दर्ता गरेको छ। आज सम्पन्न सबै खेलहरू अत्यन्तै अनुशासित र मर्यादित रूपमा सम्पन्न भएकाे आयोजकले जानकारी दिएकाे छ ।

प्रतियोगितामा पुरुष भलिबल तर्फ प्रथम स्थान हासिल हुने टिमले नगद रु. एक लाख, द्वितीय हुने टिमले नगद रु. ५० हजार सगै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन्। दुवै खेलका विद्यामा उत्कृष्ट प्रदर्शन गर्ने टिम तथा खेलाडीहरुलाई समेत पुरस्कारको व्यवस्था गरिएको छ।

त्यस्तै खुला ब्याडमिन्टन एकल तर्फ प्रथम हुनेले २० हजार, द्वितीय हुनेले दश हजार र सगै ट्रफी, खुला ब्याडमिन्टन डबल तर्फ प्रथम हुनेले नगद रु. ५० हजार द्वितीय हुनेले नगद रु. २५ हजार सगै ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त , वडा स्तरीय फुटबल प्रतियोगितामा प्रथम हुनेले नगद रु. चालीस हजार, द्वितीय हुनेले नगद रु. बीस हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक गाउँपालिकाले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया