ताजा समाचार

बालमैत्री शौचालय निर्माण बारे त्रिपुरामाबि काटियाचाैरकाे सार्वजनिक सुनुवाइ सम्पन्न 

डाेल्पान्युज डेक्स

डाेल्पा,मङ्सिर १४ गते ।सबैका लागि दिगाे खानेपानी ,सरसफाइ तथा स्वच्छता( सुस्वा) परियाेजना मार्फत विद्यालयमा निर्माण गरिएकाे बालमैत्री शाैचालयकाे आम्दानी र खर्च विवरणकाे सार्वजनिक सुनुवाइ गरिएकाे छ ।

त्रिपुरासुन्दरी नगरपालिका -१ त्रिपुरा मावि काटियाचाैरले सहयाेगी संस्था सुस्वा परियाेजनाका प्रमुख सराेकारवाल पक्षकाे उपस्थितिमा सार्वजनिक सुनुवाइ सम्पन्न गरिएकाे हाे ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक तुलबहादुर बिष्टले शाैचालय निर्माणकाे लागि सहयाेगी संस्थाबाट प्राप्त भएकाे आयब्याय सार्वजनिक गर्नु भएकाे थियाे ।

यसैगरी विद्यालयलाई सहयाेग गर्ने सहयाेगी संस्थालाई समेत धन्यवाद ब्यक्त गर्नु भएकाे थियाे ।

सबैका लागि दिगाे खानेपानी ,सरसफाइ तथा स्वच्छता( सुस्वा) परियाेजना त्रिपुरासुन्दरी नगरपालिकाका संयाेजक धनप्रसाद बुढाले फिनल्यान्ड सरकार युराेपिन युनियन त्रिपुरासुन्दरी नगरपालिका र विद्यालयकाे साझेदारीमा ९ लाख ८४ हजार ९२० रुपियाँ सम्झाैता भएकाे बताउनु भयाे ।

उहाँका अनुसार ८ लाख ९६ हजार ३ सय २२  रुपियाँ   खुद काम भएकाे कार्य मुल्याङकन अनुसार निकासा भएकाे थियाे।

१ लाख ६२ हजार ३६ रुपिया करकट्टि ढुवानी जनश्रमदान र सुचना प्रकाशन लगायतका  विभिन्न शिर्षकमा कट्टी भएर ८ लाख १९ हजार ९ सय ५५  मात्र  रकम खर्च भएकाे प्रस्ट पार्नु भएकाे थियाे ।

यसैगरी विद्यालयमा सुविधा सम्पन्न शाैचालय निर्माण भइसकेकाले स्वस्च्छ व्यवस्थित  खानेपानीको ब्यवस्थाकाे लागि सहयाेग रहने समेत सुस्वा संयाेजक बुढाले प्रतिबद्धता ब्यक्त गर्नु भएकाे थियाे ।

यसैगरी विद्यालयका  ब्यवस्थापन समितिका पुर्व अध्यक्ष टंकप्रसाद उपाध्याय पुरिप्रसाद हमाल कर्मसि थापा  विद्यालयका पुर्व विव्यस सदस्य तुलबहादुर बाेहाेरा र समाजसेवी तथा संचारकर्मी विष्णुप्रसाद देवकोटाले सुस्वा परियाेजनाकाे सहयाेगमा संचालित शाैचालय गुणस्तरीय र पार्दशिपुर्ण भएकाे बताउनु भएकाे थियाे ।

वडानम्वर १ का अध्यक्ष रामचन्द्र कुलालले विद्यालयकाे बृहत्तर हितकाे लागि सदैब लागि रहने बताउनु भयाे ।

विद्यालय आयाेजना गरिएकाे सार्वजनिक सुनुवाइ कार्यक्रममाशाैचालय निर्माणकाे आम्दानी खर्च विवरण सर्वसम्मत रुपमा उपस्थित सर्वपक्षीय समुदायले अनुमाेदन गरेकाे छ ।

सार्वजनिक सुनुवाइ कार्यक्रम विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष देविकृष्ण उपाध्यायकाे अध्यक्षतामा सम्पन्न भएकाे थियाे ।विव्यवस अध्यक्ष उपाध्यायले विद्यालयमा माेटरवाटाे नहुंदा विकास निर्माणका कार्य महंगो हुनुका साथै बालबालिकालाई आवतजावतमा समस्या भएकाले स्थानीय अभिभावकले सकरात्मक साेच लिन आग्रह गर्नु भयाे ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!