विष्णुप्रसाद देकाेटा, डाेल्पा । मन्दिर हाेस या सार्वजनिक घरमा पुजाआजा गर्दा प्राय पुराेहित पण्डितहरु असन्तुष्टि हुन्छन र असन्तुष्टि ब्यक्त गर्छन ।
तर नाै नाै दिन सम्म पनि महापुराण जस्ताे ज्ञान महायज्ञमा अहाेरात्र खटिरहेका पण्डित पुराेहितले यज्ञमा भक्तजनहरुले श्रद्धापुर्वक अर्पण गरेकाे दक्षिणा भेटी नलिएर सामाजिक विकासमा खर्च गरेकाे सुन्दा सबैलाई अचम्म लाग्न सक्छ ।
डाेल्पाकाे त्रिपुराकाेटस्थित माँ श्री बाला त्रिपुरासुन्दरी भगवती मन्दिरमा नवाै दिन सम्म संचालित भएर सम्पन्न भएकाे श्रीमद देवीभागवत महापुराण ज्ञान महायज्ञका पन्डित प्रा, डाः श्री गुरु प्रसाद सुवेदी (महेश संकृत गुरूकुल देवघाट ) आचार्य श्री साेमनाथ काेइरला लगायत देवकाेटा खलकका सहायक गुरूहरूले भने आफ्नाे हकभाेग लाग्ने यज्ञमा जम्मा भएकाे भेटीवापतकाे ४० हजार रुपिया श्रीवालात्रिपुरासुन्दरी भगवती अक्षय काेषमा दाखिला हुने गरि अक्षय काेषलाई हस्तान्तरण गरेका हुन ।
मन्दिरका पुजारी देबिकृष्ण न्याैपाने सहितका एकाघरका भाईहरुले माघ २७ गतेदेख फागुन ६ गते सम्म लगाउनु भएकाे महायज्ञ ज्ञान महापुराणका पुराेहितहरुले उक्त भेटीवापतकाे रकम मन्दिरकाे ब्यवस्थापन कार्यमा सहज हाेस भनेर अक्षय काेषलाई नगद हस्तान्तरण गरेकाे अक्षय काेषका पदाधिकारी टिकादत्त न्याैपानेले जानकारी दिए ।
अक्षय काेष समिति पदाधिकारी न्याैपानेले पुजारी खलकबाटै भगवतीकाे नाम बेचेर अनेक ब्यक्तिगत लाभ लिइने बानि बसेका र मन्दिर दक्षिणा भेटीका लागि लुछाचुडि गर्ने मनाेबृतिवाट ओतप्राेत स्थानीय पुजारीहरुले ब्यवहारमा परिवर्तन गरि सुधारीनु पर्नेमा जाेड दिए ।
मन्दिरका पुजारी देबिकृष्ण न्याैपानेले गल्ली मष्टाभवानीले २०७५ सालमा आज्ञ भएअनुसार भगवतीकाे शक्ति प्राप्तिको लागि मन्दिरका नाै घर पुजारी खलकले संगाेलमा नवयज्ञ महापुराण लगाइएकाे बताए ।
नाै घर न्याैपानेखलक पुजारीले यज्ञ लगाउ भन्दा नमानि आलटाल गरेपछि देबिकृष्ण न्याैपाने लक्ष्मीकान्त न्याैपाने हरि हमाल र हेमराज हमाल मिलेर यज्ञ लगाइएकाे जानकारी मुख्य पुजारी देबिकृष्ण न्याैपानेले जानकारी दिए ।