ताजा समाचार

प्रेस चाैतारी नेपाल डाेल्पाले गर्याे अनाथ बालबालिकालाई शैक्षिक सामाग्री वितरण

प्रेस चाैतारी नेपालकाे २७ औं स्थापना दिवसकाे अवसरमा डाेल्पाका अनाड र आर्थिक विपन्न बालबालिकालाई शैक्षिक सामाग्री वितरण   गरिएको छ। प्रेस चाैतारी डाेल्पाले आज २७ औं स्थापना दिवसमा अनाथ तथा फरक क्षमता भएका बालबालिकाहरुलाई कापी कलम कटर र इलेजर बितरण गरेर मनाएकाे हाे।

दिवस मनाउने क्रममा रचनात्मक कामका माध्यमबाट मानव सेवालाई पनि जाेड्दै जाने प्रेस चाैतारी नेपाल डाेल्पा शाखाका अध्यक्ष प्रेम थापाले बताउनु भयाे ।प्रेस चौतारी नेपाल डाेल्पाका अध्यक्ष प्रेम र पत्रकार महासंघ डाेल्पाका अध्यक्ष सराेज थापाले अनाथ तथा फरक क्षमताका साथै आर्थिक विपन्न बालबालिकालाई शैक्षिक सामाग्री वितरण गर्नु भएकाे थियाे ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!