ताजा समाचार

ध्रुवतारा आधारभुत विद्यालय उपल्लो दुनैलाई हस्तान्तरण  

मेनुका बढा

डाेल्पा, मंसिर ११ ।इकोहिमाल नेपालको आर्थिक र प्राविधिक सहयोगमा निर्माण भएका ध्रुवतारा आधारभुत विद्यालय उपल्लोदुनै अन्तरर्गत संचालित अपाङ्ग स्रोत कक्षाका भौतिक संरचना हस्तान्तरण गर्ने कार्य सम्पन्न भएको छ ।

सोमवार अपाङ्ग स्रोत कक्षा दुनैको प्राङ्गणमा आयोजित एक विशेष कार्यक्रममा इको हिमाल नेपालका अध्यक्ष प्रो.डा.कुर्ट लुगर र कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति डोल्पाका प्रमुख श्यामबहादुर रोकायाले संयुक्त रुपमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रणबहादुर शाहीलाई भवन लगायतका भौतिक संरचना हस्तान्तरण गरेको पत्र प्रदान गरेका गरेका हुन। भवन हस्तान्तरण कार्यक्रममा ईकाे हिमाल नेपालका कार्यकारी प्रमुख नारायण ढकालले तीन  तीन कोठे दुई ओटा  विद्यालय भवन, एउटा भान्छा घर, शौचालय, खेल मैदान, करेसाबारी र घेराबार निर्माण गर्दा लागेको आय तथा व्ययको सार्वजनिक गरेका थिए ।

डोल्पाको सदरमुकाम दुनैमा रहेको स्थानीय तह ठुलीभेरी नगरपालिका वडा नं ३ उपल्लोदुनैमा अवस्थित ध्रुवतारा आधारभुत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रणबहादुर शाहीको अध्यक्षता र जिल्ला समन्वय समितिका प्रमुख श्याम बहादुर रोकायाको प्रमुख आथित्थ्यमा ध्रुवतारा आधारभुत विद्यालय अन्तरगत सन्चालित अपाङ्ग स्रोत कक्षा अबाशीय विद्यालयका लागि इको हिमाल नेपालको आर्थिक र प्राविधिक सहयोगमा निर्माण भएका भौतिक संरचनाहरु हस्तान्तरण गरिएको थियाे ।

जिल्ला समन्वय समितिका प्रमुख श्याम बहादुर रोकयले ब्यानर पढेर कायक्रमको उद्घाटन गरेका थिए ।

इको हिमाल नेपालद्धारा इको हिमाल अष्ट्रिया र हिमाली बाल कल्यान संरक्षण मञ्चको आर्थिक सहयोग, ठुलीभेरी नगरपालिका र मुकुटेश्वार अपाङ्ग सेवा समितिको समन्वयमा यी संरचनाहरु निर्माण गरिएका थिए ।

 स्रोत कक्षाका भौतिक संरचनाहरु हस्तान्तरणको अवसरमा बालबालिका र शिक्षकहरुले गीत र नृत्य प्रस्तुत गरेर कार्यक्रमलाई मनोरन्जन प्रदान गरेका थिए ।

डोल्पा जिल्लाका विभिन्न स्थानीय तहबाट फरक क्षमता भएका बालबालिकाहरुले सजिलै शिक्षा हासिल गर्न सक्ने वातावरण निर्माण गर्नका लागि यी विभिन्न दातृ निकाय तथा मनकारी व्यक्तिहरुबाट ७० लाख ९२ हजार ५० रुपियाँ सहयोग संकलन गरेर यी संरचना निर्माण गरिएको इको हिमाल नेपालका कार्यकारी प्रमुख ढकालले कार्यक्रममा बताए ।

दुख जिलो गरेर संकलन गरिएको सहयोगले थोरै भए पनि देखिने भौतिक संरचना निर्माण गरिएको र अझ पनि सकेजति सहयोग गर्ने प्रतिबद्धता  इको हिमाल नेपालका अध्यक्ष कुर्ट लुगरले गरे ।

ध्रुवतारा आधारभुत विद्यालय अन्तरगत सन्चालित अपाङ्ग स्रोत कक्षाको अबासीय विद्यालयमा निर्मित संरचनाहरु हस्तान्तरणमा कार्यक्रममा प्रमुख अतिथितथा जिल्ला समन्वय समितिका प्रमुख श्याम राेकायाले सरकारी  निकायहरुले फरक क्षमता भएका बालबालिकाहरुका लागि केही गर्न नसकेको अवस्थामा इकोहिमाल नेपालले गरेको काम हेर्दा राम्रो भएकोमा खुशी ब्यक्त गरे ।  नागरिक समाज डोल्पाका अध्यक्ष शेरबहादुर बुढाले विद्यालयल आफैमा पवित्र मन्दिर त्यसैमा अध्यानरत फरक बालबालिका भएकाले सहयाेग सह्रानिय भएकाे बताए । ठुलिभेरी नगरपालिका वडा नं ३ का वडा अध्यक्ष भक्त्तबहादुर भण्डारीले आफ्नाे वडाबाट पनि सक्दाे सहयाेग रहने बताए ।

कार्यक्रममा  नेपाली काँग्रेस डोल्पाका सचिव हिक्मत शाही, नेकपा एमाले डोल्पाका सचिव लंकबहादुर रोकाया, नेकपा एकिकृत समाजवादी डोल्पाका सचिव युवराज थकाली, मुकुटेश्वर अपाङ्ग सेवा समिति डोल्पाका अध्यक्ष चन्द्रबहादुर रोकाया लगायतले मन्तव्य राखेका थिए।

ध्रुवतारा आधारभुत विद्यालय अन्तरगत सन्चालित अपाङ्ग स्रोत कक्षाका लागि आवश्यक कक्षा कोठा, आवास कोठा, शौचालय, भान्छा, करेसाबारी, खेल मैदान र घेराबार निर्माणका लागि सहयोग गरेकोमा इको हिमाल नेपाललाई र एउटा भवन निर्माण गर्न, शैक्षिक सामाग्री सहित आवासका लागि कम्मल, कपडा, सहयोग गरेकोमा सामाजिक विकास कार्यालय, त्यसै गरी विभिन्न सहयोगका लागि जिल्ला समन्वय समिति डोल्पा, ठुलीभेरी नगरपालिका जुफाल डोल्पा, स्याक नेपाल, प्लान इन्टरनेशनल, वडा नं. ३ लगायत कार्यक्रम सम्पन्न गर्नका लागि उपस्थित प्रमुख अतिथि, विशेष अतिथि, अतिथि, अभिभावकहरु लगायत उपस्थित सबैलाई उक्त विद्यालयका प्रधानाध्यापक विष्णुलाल बुढाले धन्यवाद ज्ञापन गरेका थिए ।

कार्यक्रमको सञ्चालन ध्रुवतारा आधरभुत विद्यालय उपल्लोदुनैका शिक्षक लक्ष्मण कर्कीले गरेका थिए ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!