ताजा समाचार

जिल्ला प्रशासन कार्यालय डाेल्पावाट राष्ट्रिय  परिचप पत्र वितरण

 

जिल्ला प्रशासन कार्यालय डोल्पाले राष्ट्रिय परिचय पत्र बितरण थालेको छ । बिहिबार जिल्ला प्रशासन कार्यालय डोल्पाले पहिलो पटक नागरिकलाइ राष्ट्रिय परिचय पत्र बितरण गरेको हो । बिहिबार जिल्लाबाट अनलाईन फर्म भरेका नागरिकलाइ छापिएर आएका राष्ट्रिय परिचय पत्र ४ जनालाई बितरण गरेको थियो । २०७७ साल मंसिर ८ गतेदेखी जिल्लाबाट अनलाईन फर्म भरेर राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण बिभागमा बिवरण पठाएको करिब ३ बर्ष पछि छापिएर आएका हुन । हाल सम्म डोल्पा जिल्लाबाट ६ हजारले अनलाईन फर्म भरि सकेकोमा ३ हजार ८ सय राष्ट्रिय परिचय पत्र छापेर जिल्लामा आई सकेको प्रमुख जिल्ला अधिकारी भुमिश्वर पोखरेलले जानकारी दिए ।

प्रजिअ पोखरेलका अनुसार ३ हजार ८ सय राष्ट्रिय परिचय पत्र छापेर केन्द्रले पठाएको छ  । जिल्लामा आई पुगेका राष्ट्रिय परिचय पत्र कम्प्युटरमा स्क्यान गरेर सम्बन्धीत ब्यक्तिको मोवाइल नम्बरमा एसएमएस आयो भने राष्ट्रिय परिचय पत्र  लिनको लागि जिल्ला प्रशासन कार्यालय डोल्पामा आउदा हुने बताए । राष्ट्रिय परिचय पत्र लिन नागरिक जिल्लामा स्वयम उपस्थित हुनुपर्नेछ । राष्ट्रिय परिचय पत्र लिदा पुन प्रमाणिकरणका लागि हातको औलाको स्क्यान गर्नुपर्ने अर्थात बायोमेट्रिक गर्नुपर्ने भएकोले सम्बन्धीत ब्यक्ति नै उपस्थित हुनुपर्ने जिल्ला प्रशासनले जनाएको छ ।

संघिय राजधानी पुगेर लाईनमा बसेर धेरै दुख गरेर ल्याउनुपर्ने राष्ट्रिय परिचय पत्र अब भने जिल्लाबाट लिन पाउदा निकै खुसि लागेको राष्ट्रिय परिचय पत्र लिन आएका सेवाग्राही डिलप्रसाद रोकायाले बताए । रोकायाले भने अब तपाइले काठमाण्डौ जानै पर्दैन राष्ट्रिय परिचय पत्र र राहदानी जस्ता कुरा जिल्लाबाट लिन पाउनु हुन्छ सरकारले यो सेवा प्रभाबकारी बनाएको छ । अब नागरिकले राहदानी पासपोर्ट र राष्ट्रिय परिचय पत्र जिल्लाबाट अनलाईन फर्म भरी जिल्लाबाटै लिन सक्ने ब्यवस्था भएको छ ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!