ताजा समाचार

स्कुल बस दुर्घटना तीन जनाकाे मृत्यु

काठमाण्डौ – शङ्खरापुर नगरपालिका–५ कात्तिकेको साँखु–नगरकोट सडक खण्डमा हिजो साँझ भएको स्कूल बस दुर्घटनामा तीन जनाको मृत्यू भएको छ । चाबहिलको एसएस एकेडेमीले रिजर्भ गरेको उक्त बस दुर्घटनामा ४० जना घाइते भएका प्रहरीले जनाएको छ ।

एकेडेमीले रिजर्भ गरेको बा २ ख ७९५८ नम्बरको सुन्दरीमाई यातायातको बस ब्रेक फेल भइ अनियन्त्रित हुँदा दुर्घटना भएको जिल्ला प्रहरी परिसर काठमाण्डौले जनाएको छ । वनभोज खाएर नगरकोटबाट साँखुतर्फ छुटेको बस साँझ ५ बजेतिर दुर्घटना भएको हो ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!