डोल्पा,असोज २० गते । राष्ट्रको लागि खेल स्वास्थ्यको लागि खेल भन्ने नाराका साथ त्रिपुरासुन्दरी नगरपालिका–१० लिकुस्थित जनप्रभा माद्यामिक विद्यालयको खेलमैदानमा संचालित १४ औ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ ।जिल्ला खेलकुद विकास समितिको आयोजना तथा श्री जनप्रभा माद्यामिक विद्यालयको सह आयोजनामा असोज १६ गतेवाट संचालन भई असोज २० मा समापन भएको हो ।
प्रतियोगिताको पहिलो विजेता बन्दै १४ औ राष्ट्रपति रनिङ शिल्ड जनप्रभा माद्यामिक विद्यालय लिकुले हात पार्न सफल भएको छ ।रनिङ प्रतियोगिता अवधीभर तिन हजार मिटर छात्र तथा छात्रा दौड,हाईजम्प,लङ्घजम्प,त्रिपलजम्प र छात्र तथा छात्रा भलिबलखेल लगायतका खेलकुदहरु खेलाइएको थियो ।पाँच दिन सम्म संचालित प्रतियोगितामा जिल्लाका विभिन्न स्थानीय तहमा संचालित विद्यालयहरुबाट छात्रा तर्फ ४ समुह र पुरुष तर्फ ८ समुह गरि १२ समुहले प्रतियोगितामा सहभागिता जनाएका थिए ।
छात्रा तर्फ खेलाइएको भलिबल खेलमा आदर्श मावि जुफाल पहिलो विद्यामन्दिर मावि माझफाल दोस्रो र जनप्रभा मावि लिकु तेस्रो भए ।त्यस्तै छात्र तर्फको भलिबल खेलमा जनप्रभा मावि लिकु पहिलो सरस्वती मावि सुँ दोस्रो र अरनिको मावि शहरतारा तेस्रो भयो ।
त्रिपलजम्प खेलमा छात्रा तर्फ जनप्रभा मावि लिकु पहिलो ,अरनिको मावि शहरतारा (काइके)दोस्रो र आदर्श मावि जुफाल तेस्रो विजेता बन्यो ।छात्र तर्फको खेलमा सरस्वती मावि सुँ पहिलो ,अरनिको मावि शहरतारा(काइके) दोस्रो र जनप्रभा मावि लिकु तेस्रो भयो ।यसैगरी छात्र तर्फको लङ्घजम्प खेलमा सरस्वती मावि सुँ पहिलो जनप्रभा मावि लिकु दोस्रो र अरनिको मावि शहरतार तेस्रो भयो ।
छात्रा तर्फको खेलमा आदर्श मावि आदर्श मावि जुफाल पहिलो विद्या मन्दिर मावि दोस्रो र अरनिको मावि शहरतारा तेस्रो भयो ।हाईजम्प खेलमा छात्रा तर्फ जनप्रभा मावि लिकु पहिलो ,आदर्श मावि जुफाल दोस्रो र विद्यामन्दिर मावि माझफाल तेस्रो भयो ।छात्र तर्फ सरस्वती मावि पहिलो जनप्रभा मावि लिकु दोस्रो र विद्यामन्दिर मावि माझफाल तेस्रो भयो ।रनिङ शिल्ड प्रतियोगिताका विजेता तथा उपविजेता विद्यालय तथा खेलाडिहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथि त्रिपुरासुन्दरी नगरपालिका–३ का वडाअध्यक्ष भक्तबहादुर केसी ठुलिभेरी नगरपालिका–८ का वडाअध्यक्ष मनराम ठकुल्ला त्रिपुरासुन्दरी नपा–१० का वडाअध्यक्ष ललित गिरी नेपाली काँग्रेुसका पुर्व पार्टी सभापति टंकप्रसाद उपाध्याय नेपाल पत्रकार महासंघ डोल्पाका सस्थापक अध्यक्ष विष्णुप्रसाद देवकोटा जनप्रभा मावि लिकुका प्रअ यामप्रसाद गौतम (शर्मा) लगायतका ब्यक्त्विहरुले ट्रफि तथा प्रमाणपत्र र शिल्ड वितरण गरेका थिए ।
जिल्ला खेलकुद विकास समितिका सदस्य डिल्ली शाहीको अध्यक्षतामा सम्पन्न भएको थियो । १५ औ राष्ट्रपति रनिङ शिल्ड प्रतियोता त्रिपुरासुन्दरी नगरपालिका वडानम्बर–३ स्थित सरस्वती माद्यामिक विद्यालयको खेलकुद मैदानमा हुने निर्णय समेत भएको जिल्ला खेलकुद विकास समितिका सदस्य डिलली शाहीले जानकारी दिए ।