ताजा समाचार

डाेल्पामा जारि महाेत्सब र दिन खाेजेकाे सन्देश

विष्णुप्रसाद देवकोटा

साउन ८ मा महाेउत्सब उद्घाटनकाे पहिलाे दिनमा अपेक्षित गरिएभन्दा सर्वसाधारणको उपस्थिति  कम थियाे ।

सर्वसाधारणको कम उपस्थितिले केही गराै र जिल्लाई पहिचान दिन सकाै भन्ने भावनाबाट ओतप्राेत स्थानीय युवालाई खिन्न नबनाएकाे भने पक्कै हाेइन ।

तर दुनैस्थित रंगशालामा जारि महाेउत्सबले चाैथाे दिन प्रवेश गर्दा भने राष्ट्रिय कलाकारकाे उपस्थितिसंगै विभिन्न मनाेरन्जनात्मक साहित्यिक विधाकाे प्रस्तुतिले आफुलाई आक्रामक बनाई रहेकाे छ ।जसले खिन्न भएकाे आयाेजककाे मनमा हर्षरुपि उर्जाले क्रमश आफ्नाे क्षेत्रआकार बढाईरहेकाे छ याे सबैकाे खुशि र गर्ब पनि हाे ।

बर्खाकाे झरिले आफुलाई उर्लदाे जवानीमा परि्णत गरेकाे महाेउत्सव रंगमञ्च स्थलकाे किनारमा सुसुसाईरहेकाे भेरिनदिकाे गडगडाहट आवाजसंगै चारैतीरकाे हरियाली टाकुराकाे बीचमा गुन्जने सांस्कृतिक मन्चनले यत्तिखेर सबैकाे मन र तनलाई आफुतीर तानिरहेकाे छ ।

महाेउत्सवकाे माध्यमबाट पर्यटन विकासलाई प्रवर्द्धनका साथै स्थानीय कलाकारकाे कलाकरितालाई प्राेत्साहन गर्ने उद्देश्यले डाेल्पाकाे सदरमुकाम दुनैमा पर्यटन व्यापार र सांस्कृतिक महाेउत्सब जारि छ ।

ठुलिभेरीनगरपालिका प्रमुख संरक्षक रहेकाे याे महाेउत्सबलाई कतिपयले बेमौसमी कार्यक्रमकाे रुपमा चित्रण गरिरहेका थिए र छन पनि ।याे समयानुकूल पक्कै पनि हाेइन ।

तर बेमौसमी र जाेखिमपुर्ण अवस्थामा आयाेजना गरिने कार्यक्रमकाे महत्त्व र सफलता पछिकाे स्वादपन भने अनुकुल समयमा गरिने कार्यक्रमवाट पाइने स्वादपन भन्दा कहियाै गुणा अधिक हुन्छ  ।साउन महिना डाेल्पालीहरुकाे खेतिपाती गर्ने र खर्करुमानमा पशुवस्तु लगरेर पाटनमै बस्ने समय पनि हाे ।

जिल्लास्थित कार्यालयका प्रमुख तथा कर्मचारी काेही समिक्षात्मक गाेष्ठिसेमिनारमा सहभागी त काेहि आलेपमा ब्यस्त रहने समय पनि हाे ।

यी र यस्तै बेमौसमी झटाराेले महाेउत्सबलाई चुनाैति भने दिइरहेकै छ ।यद्यपि ख्याति प्राप्त राष्ट्रिय कलाकारकाे उपस्थितिसंगै प्रस्तुति हुने बेजोड सांस्कृतिक माहाेलले अनेकन चुनाैतिलाई चिर्दै सहभागीतालाई अर्थपूर्ण बनाउनेमा पनि शंका गर्ने ठाउँ छैन ।

महाेउत्सबकाे चाैथाे दिनमा काठमाडौंवाट चर्चित लाेक दाेहाेरी गायिका ज्याेति मगरले डाेल्पाकाे जुफाल विमानस्थलमा पुग्ना बित्तिकै आफ्नाे प्रस्तुति हेर्न र भरपुर सांस्कृतिक मनाेरन्जन लिन महाेउत्सबमा सहभागी बन्न आग्रह गरि सक्नु भकाे छ ।

लाेक गायिका मगर जिल्ला पुग्ना बित्तिकै डाेल्पाली युवाहरुकाे सामाजिक सन्जालमा छाउन सफल हुनु भएकाे छ ।

हरेक युवाहरुले सामाजिक सन्जालमा लाेक गायिका मगरलाई तरंगित बनाए झै सर्वसाधारणको महाेउत्सबमा उपस्थिति बाग्लियाे भनेपछि मात्र ज्याेतिमगरकाे डाेल्पा उपस्थितिले सार्थकता पाउने छ ।

मनाेरन्जन प्रदान गर्नेमा युवाहरुकाे मन जित्न सफल सबैकाे हुटहुटी बन्नु भएकी लाेक गायिका ज्याेति मगरकाे उपस्थितिले जिल्लाबासिकाे मन जित्न सक्ला या नसक्ला डाेल्पाकाे प्राकृतिक अलाैकिक सुन्दरताले गायिका मगरकाे मन भने पक्कै जित्ने छ ।

मगरकाे उपस्थितिले महाेउत्सबमा भगवानरुपि दर्शकलाई आकर्षण गर्न नसकेपनि समग्र जिल्लाकाे पर्यटकीय सुन्दरता र अलाैकिक प्राकृतिक मनाेरम छटालाई विश्वसामु पहिचान गराउनुका साथै प्रचारप्रसारमा काेशेढुङ्गा सावित हुनेमा दुईमत छैन ।यसाे त महाेउत्सबमा सहभागिता जनाएर मनाेरन्जन प्राप्त गर्नु जिवनमा थप उर्जा थप्नु पनि हाे आफुलाई ।

सांस्कृतिक साधना याेगा र धार्मिक अनुष्ठान्नमा प्राप्त गरिने आनन्दले हामीहरुलाई विछिट्टैकाे अनुभुतीकाे आभास दिलाउछ नै नयाँ उर्जा पनि दिन्छ ।तसर्थ महाेउत्सबमा सहभागी बनाै सांस्कृतिक मनारन्जन प्राप्त गराै जीवनलाई उर्जाशिल बनाआै ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!